काठमाडौंमा राहत शिक्षकहरुको आन्दोलन जारी

शिक्षापाटी
शिक्षापाटी ११ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

राहत शिक्षकहरुले संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलन जारी राखेका छन्।

गत बुधवारदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित भएर आन्दोलनमा उत्रिएका थिए। तर पछिल्लो केही दिन यता भने राहत शिक्षकहरु मात्रै आन्दोलनमा छन्।

सरकारले गत शुक्रवार आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघसँग आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे सहमति गरेसँगै अन्य शिक्षकहरु भने आन्दोलनमा छैनन्। उक्त सहमतिमा राहतको शिक्षकहरुको माग सम्बोधन नभएपछि उनीहरुले आन्दोलन जारी राखेका छन्।

उनीहरुले आन्दोलनका कार्यक्रम फरक ढंगले गर्दै आइरहेका छन्।

Copied: NAgarik Dainik

प्रतिक्रिया दिनुहोस्

Array