जाजरकोट भूकम्प

शिक्षापाटी
शिक्षापाटी २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

कार्तिक, २० जाजरकोट । गत कार्तिक १७ गते राति ११ : ४७ मा गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट १ जना शिक्षक र ११ जना विद्यार्थीहरुको मृत्यु भएको छ। साथै प्रारम्भिक विवरण अनुसार भुकम्पका कारण २ सय ४७ विद्यालयमा पुर्ण रुपमा क्षति भएको छ।

त्यसैगरी १ सय २२ विद्यालयका भवनमा आंशिक क्षति भएको छ । जसमा ४ सय ७६ कक्षा कोठा र ३५ वटा शौचालयमा क्षति भएको छ ।

अहिले सम्म भूकम्पबाट २ जना शिक्षक र २० जना विद्यार्थी घाइते भएको विवरण प्राप्त भएको छ । यसबारे थप विस्तृत विवरण भने आउन बाँकी छ ।

क्षतिको विवरण आउने क्रम जारी रहेपनि हालसम्म ९१ विद्यालयका ४३ वटा शौचालय, ११ वटा आइसिटी, एउटा पुस्तकालय, ७ वटा घेराबार, ४ वटा सोलार सिस्टम र ३ सय ६६ कक्षा कोठा पूर्ण रूपमा भत्किएको श्रोतले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Array