महावीर पुनकी छोरीलाई पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढाइदिने केएमसीको अफर, आयोगलाई लेख्यो पत्र

शिक्षापाटी
शिक्षापाटी २५ मंसिर २०८०, सोमबार
1 Min Read
Aa
वैज्ञानिक महावीर पुनकी छोरी झरना पुनलाई काठमाडौं मेडिकल कलेज (केएमसी) ले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढाउने अफर गरेको छ । कलेजले चिकित्सा शिक्षा आयोगलाई पत्र लेखी व्यवस्थापन कोटामा उनलाई पढाइदिने भन्दै कोटा व्यवस्थापन गर्न माग गरेको छ ।

केएमसीका चिफ डा.रतिन्द्रनाथ श्रेष्ठले केएमसीलाई व्यवस्थापन कोटा दिइए झरनालाई पूर्ण छात्रवृत्तिमा पढाउने बताए । पूर्ण छात्रवृत्तिमा होस्टेल खर्चसमेत हुन्छ । झरनाले आयोगले लिएको प्रवेशिका परीक्षा पास गरेकी छिन् । तर, उनको नाम छात्रवृत्तिमा भने आएन । जसका कारण उनी आफ्नै खर्चमा पढ्न नसक्ने देखिएकाले आफूहरूले छात्रवृत्तिमा पढाउने निर्णय गरेको उनले बताए । यो कलेज कांग्रेस सांसद सुनील शर्माको हो ।

Copied: Shilapatra

प्रतिक्रिया दिनुहोस्

Array