विश्वविद्यालयका उपकुलपति र विज्ञहरुलाई शिक्षामन्त्रीको आग्रह-‘विदेश अध्ययनमा जाने विद्यार्थी रोक्ने उपाय खोज्नुस्’

शिक्षापाटी
शिक्षापाटी २७ मंसिर २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थी रोक्ने उपायको खोजी गर्न विज्ञहरूलाई आग्रह गरेका छन् ।

विश्वविद्यालय अनुदान आयोगले बुधवार काठमाडौँमा गरेको राष्ट्रिय उच्च शिक्षा प्रारूप मस्यौदाको सुझाव सङ्कलन कार्यक्रममा सहभागी विज्ञहरूलाई राईले नेपालमै विद्यार्थी रोक्न के गर्न सकिन्छ ? उपाय निकाल्न आग्रह गरेका हुन् ।

‘हालको सन्दर्भमा नेपाली विद्यार्थीहरू उच्च शिक्षाको नाममा बिदेसिने प्रवृत्ति बढ्दो छ,’मन्त्री राईले कार्यक्रमलाई पठाएको शुभकामना सन्देश वाचन गर्दै निजी सचिव प्रकाश सापकोटाले भने,‘ यसलाई कसरी न्यूनीकरण गर्न सकिएला सोको उपायहरू पनि यहाँहरूबाट यस कार्यक्रममा छलफल र बहसमा ल्याउनु नै हुने छ भन्ने विश्वास पनि लिएको छु ।’ कानको शल्यक्रियापछि उनी आराम गरेर बसेका छन् ।

शिक्षा मन्त्रालयका अनुसार विदेश अध्ययनमा जाने विद्यार्थी वार्षिक १ लाख भन्दा बढी छन् । अघिल्लो वर्ष १ लाख १० हजार २ सय १७ जनाले विदेश अध्ययनको अनुमति लिएका छन् । ०७८/७९ मा १ लाख १२ हजार ९ सय ६८ जनाले एनओसी लिएका थिए । पछिल्लो चार महिनामा मात्रै ३८ हजार विद्यार्थीले अध्ययन अनुमति लिएका छन् ।

Unesco_KTM_2080_08_27

युनेस्को काठमाडौँको सहयोगमा आयोगले राष्ट्रिय उच्च शिक्षा योग्यता प्रारूपको मस्यौदा राय, सुझाव सङ्कलन थालेको हो । नेपालको उच्च शिक्षाको क्षेत्रमा देखिएका समस्या, सवाल तथा उदीयमान विषयवस्तुहरूलाई सम्बोधन गरी राष्ट्रिय आवश्यकता परिपूर्ति र अन्तराष्ट्रिय परिवेश अनुकूल हुने गरी विकासको आवश्यकता रहेको उनले बताए । यसका लागि नीतिगत मार्गदर्शक दस्ताबेजको रूपमा राष्ट्रिय उच्च शिक्षा योग्यता प्रारूप विकास गर्नुपर्ने देखिएको उनले बताए ।

‘विश्वव्यापीकरण र उदारीकरणको सन्दर्भले शिक्षा क्षेत्रलाई पनि उदार बनाउँदै गएको, उच्च शिक्षा आर्जन गर्न विद्यार्थीहरू एक देश वाट अर्को देशमा जाने अवस्था छ । क्षेत्रीय र वैश्विक तहमा प्राप्त उच्च शिक्षाको योग्यतालाई समकक्षता प्रदान गर्न, एउटा विधा र सङ्कायबाट अर्को विधा र सङ्कायमा अध्ययनलाई निरन्तरता दिनु जस्ता विविध कार्य तथा प्रक्रियाहरूमा देखिएका समस्याहरू पहिल्याइ समाधानका उपायहरू समेत पहिल्याउन सकिन्छ,’ उनले भने ।

Copied: Edukhabar

प्रतिक्रिया दिनुहोस्

Array