काठमाडाैँ विश्वविद्यालयका १ हजार ८३८ विद्यार्थी दीक्षित

शिक्षापाटी
शिक्षापाटी २८ मंसिर २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडाैँ- काठमाडाैँ विश्वविद्यालयकाे २९ औं दीक्षान्त समारोहको पहिलो चरणमा १ हजार ८३८ विद्यार्थी दीक्षित भएका छन्।

विश्वविद्यालयका पिएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पीजीडीका ५२ जना र स्नातक तहका १ हजार ४ सय १६ जना विद्यार्थी दीक्षित भएका हुन्।

दीक्षित हुनेमा भारत, श्रीलंका, मालदिभ्स लगायतका मुलुकका  ११३ जना विदेशी विद्यार्थी पनि छन्।

दीक्षित हुनेमा मेडिकल साइन्सका ७७७ जना, व्यवस्थापनका ४४८ जना, शिक्षाका २२५ जना, मानविकीका २०९ जना, विज्ञान समूहका १० १ जना, इन्जिनियरिङका ३९ जना, र कानुनका ३९ जना, दीक्षित हुने भएका छन्।

स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स तर्फ १ जना र स्कुल अफ मेडिकल साइन्स अन्तर्गत मास्टर अफ साइन्स इन मिडवाइफ्री नर्सिङमा ८ र स्कुल अफ एजुकेसन तर्फ मास्टर इन हाईअर एजुकेसनमा ९ जना दीक्षित भएका छन्।

समारोहमा काठमाडौँं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जिनियरिङअन्तर्गत् माष्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्समा एक, स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत् माष्टर अफ साइन्स इन मिडवाइफेरी नर्सिङमा आठ र स्कुल अफ एजुकेसनअन्तर्गत माष्टर इन हायर एजुकेशनमा नौ जनालाई पनि उपाधिको प्रमाणपत्र दिइएको थियो।

यसैबीच विश्व विद्यलायले प्रदान गर्दै आएका पदकमध्ये पहिलो चरणको भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी अङ्क ८४दशमलव२६ प्रतिशत ल्याउन सफल विराटनगरको विराट मेडिकल कलेजका सनम ढकाललाई प्रदान गरिएको थियो ।

त्यस्तै एमबी ए तहमा सबैभन्दा बढी तीन दशमलव८९ सिजीपीए प्राप्त गर्न सफल स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, एमबीएमा तीन दशमलव ७८ सिजीपीए प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल स्कुल अफ मेनेजमेन्टका विद्यार्थी अङ्कित सुवेदी, एमबीबीएसतर्फ स्नातक तहमा सबैभन्दा बढी अङ्क ८० दशमलव २९ प्रतिशत प्राप्त गर्न सफल विराज मेडिकल कलेजका संस्कृतिश्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र स्कुल अफ मेनेजमेन्टमा स्नातक तहमा सबैभन्दा बढी तीन दशमलव९७ सिजीपीए प्राप्त गर्न सफल सौगात बाँस्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक प्रदान गरिएको थियो।

दीक्षान्त समारोह शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासको पनि सहभागिता थियो।

Copied:edusawal

 

प्रतिक्रिया दिनुहोस्

Array