पूर्वाञ्चल विश्वविद्यालय : इन्जिनियरिङमा पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने

शिक्षापाटी
शिक्षापाटी २८ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं /२८ मंसिर – पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायले प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम पुनः खुलाएको छ । विश्वविद्यालयले विभिन्न विषयमा नयाँ विद्यार्थी भर्ना भई रिक्त रहेको सिटका लागि पुनः आवेदन फाराम खुला गरिएको जनाएको हो ।

इन्जिनियरिङ संकाय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त कलेजहरूमा सञ्चालित स्नातक तहका सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स कम्प्युनिकेसन एन्ड अटोमेसन, जियोमेटिक, बायोमेडिकल र आर्किटेक्चरमा पुन प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । इच्छुक विद्यार्थीले पुस १४ गतेसम्म दुई हजार रुपैयाँ र पुस १६ गतेसम्म बिलम्ब दस्तुर तिरेर प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिनसक्ने छन् । साथै रिक्त सिटका लागि विश्वविद्यालयले पुस २१ गते शनिवार प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

विद्यार्थी भर्ना हुनका लागि कक्षा ११/१२ फिजिक्स, केमेस्ट्री, म्याथ (कम्प्युटर इन्जिनियरिङका लागि कम्प्युटर) लिई प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड, २.० सीजीपीए वा सो सरहको तहमा ४५ प्रतिशत भन्दा बढी प्राप्त गरी उत्तीर्ण गरेको हुन पर्ने छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले लिएको स्नातक तहको प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीले भने तोकिएको शुल्क तिरी भर्ना हुन सक्ने सूचनामा उल्लेख छ ।

Copied:khabareducation

प्रतिक्रिया दिनुहोस्

Array