त्रिविको ४९ औं दीक्षान्त समारोह आज : गिनीज बुकका प्रतिनिधि समारोह हेर्न काठमाडौमा

शिक्षापाटी
शिक्षापाटी २ पुष २०८०, सोमबार
1 Min Read
Aa

पुस, २ गते काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ दिक्षान्त समारोह काठमाडौको दसरथ रंगशालामा आज हुदैछ।

संख्याको हिसावले बिश्वभरी सबैभन्दा ठूलो त्रिभुवन बिश्वबिद्धालयले सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको र त्यसका लागि प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । गिनीज बुकका प्रतिनिधिहरूले आज हुने दीक्षान्त समारोहमा उपस्थित हुने त्रिविले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी विद्यार्थीहरु दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिनुभयो। रजिष्ट्रार दाहालले भने,  ‘हामीले विश्वमा एकै पटक ७३ हजार बढी दीक्षित गर्ने अरु विश्वविद्यालय छैन भन्ने हाम्रो दाबी हो । त्यो दाबी प्रमाणित भयो भने हामीले वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउँछौं ।’

त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि सोमबार दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार रहेको रजिष्ट्रार दाहालले बताए । विद्यार्थीको अभिभावकसहित सोमबारको समारोहमा करिब २८ हजार संख्यामा उपस्थित हुनेछन् ।

सधै भरी पुलचोक इन्जिनियरिङ क्याम्पसमा हुँदै आएकोमा विद्यार्थी तथा अभिभावक गरेर करिब २८ हजार संख्या समारोहमा उपस्थित हुने र पुलचोकको मैदान सानो हुने भएकोले रंगशालामा समारोहको आयोजना गर्ने निर्णय भएको त्रिविले जनाएको छ ।

Copied: Bidharthi.com

 

प्रतिक्रिया दिनुहोस्

Array