नयाँ ग्रेडिङ प्रणाली अनुसार एसईई परीक्षा सञ्चालन हुने

शिक्षापाटी
शिक्षापाटी ५ पुष २०८०, बिहीबार
2 Min Read
Aa

भक्तपुर/५ पुस – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले २०८० को एसईई परीक्षा सञ्चालन हुने भन्दै भ्रममा नपर्न बताएका छन् । नयाँ ग्रेडिङ प्रणाली अनुसार कम्तीमा ३५% ल्याउनै पर्ने प्रणाली लागु हुने उल्लेख गर्दै एसईई सञ्चालन हुने बताएका हुन् ।

नेसनल प्याव्सन भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरूले अब २०८० मा हुने एसईईमा कम्तीमा ३५% प्रतिशत ल्याउनै पर्ने प्रणाली लागु हुने बताए । साथै पढ्नु र सिक्नु भनेको विद्यार्थीले निरन्तर अभ्यास गर्दै जानु रहेको र एसईईमा अब एनजि प्रणाली लागु हुने कुराको जानकारी विद्यार्थीहरूले बुझ्नुपर्ने बताए ।

उत्प्रेरक डा.तारा प्रसाद गिरीले भविष्य बनाउने समय स्कुल जीवनमा नै रहेको भन्दै शिक्षक एवं आमाबाबुको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने बताए । उनले विविध जीवनोपयोगी उत्प्रेरणा जोड्दै पढ्ने र सिक्ने समयलाई कहिल्यै खेर फाल्न नहुनेमा जोड् दिए ।

कोभिड –१९ पछि विद्यार्थीहरूको सिक्ने र पढ्ने जाँगरमा ह्रास आएको र तत्कालीन अक्षराकं प्रणालीको कारण नपढे नि उत्तीर्ण भइनेछ भन्ने विद्यार्थी र अभिभावकहरू भ्रममा रहेकाले पनि विद्यार्थी तथा अभिभावकहरूलाई परीक्षा विशेष एवं सिकाईमा सहभागिता सम्बन्धी यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै जानु पर्ने नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले बताए ।

कार्यक्रममा शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने नेशनल प्यब्सनमा आबद्ध विद्यालयहरूमा अध्ययनरत ३४२ जना विद्यार्थीहरूको सहभागी रहेको थियो ।

Copied:Khabar Education

प्रतिक्रिया दिनुहोस्

Array