उच्च शिक्षाका लागि बनेका नीति कार्यान्वयन गर्न नसक्दा विद्यार्थी विदेश गए

शिक्षापाटी
शिक्षापाटी ११ पुष २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ /१० पुस – शिक्षा मन्त्रालयको नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेश जाने गरेको विज्ञहरूले बताएका छन् । नीति भएपनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा विद्यार्थीहरू अध्ययनका साथै अवसरको खोजीमा विदेश जाने गरेको उनीहरूले बताएका हुन् ।

उच्च शिक्षा अध्ययनका लागि ठुलो संख्यमा विद्यार्थी विदेश जने गरेको सन्दर्भमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत एमफिल गर्दै गरेका विद्यार्थीहरूले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शिक्षा सम्बन्धी बनेका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न विज्ञहरूले सरकारलाई सुझाब दिएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानका पूर्व अध्यक्ष डा. विष्णु राज उप्रेतीले उच्च शिक्षाका लागि बनेका नीतिहरू शिक्षा मन्त्रालयले कार्यान्वयन गर्न नसक्दा अवसरको खोजीमा विद्यार्थीहरू विदेश जाने गरेको बताए । उनले अहिलेका विद्यार्थीलाई विदेश जानेबाट रोक्न नमिले पनि विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई नियमित गर्न सके उच्च शिक्षामा विद्यार्थीको आकर्षण बढ्नेमा जोड् दिए ।

त्यसैगरी विदेशबाट नेपालमा उच्च शिक्षा अध्ययन लागि आउने विद्यार्थीहरूलाई आउनका लागि सहज प्रक्रिया बनाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् । उनीहरू नेपालमा आउँदा भिजिट भिसामा आएर विश्वविद्यालयमा भर्ना गर्नुपर्ने र अध्ययन भिसामा बस्नुपर्ने नीति भएका कारण विदेशबाट आउन चाहानेका लागि नीति मै सम्बोधन गरेर सहज गर्नुपर्ने बताए । साथै उच्च शिक्षाका लागि विदेश गएका विद्यार्थीहरूलाई अध्ययन पश्चात् कसरी नेपाल फर्किने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल गरिएको थियो ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका एसोसिएट डिन डा। प्रकाश चन्द्र भट्टराईले नेपालका विश्वविद्यालयहरूले अनुसन्धान तथा रोजगारसँग जोडेर विद्यार्थीलाई उच्च शिक्षा दिनुपर्ने बताए । उनले अहिले विश्वविद्यालयहरूमा राजनीति हस्तक्षेप हुने गरेका कारण शैक्षिक क्यालेन्डरमा असर पर्ने गरको बताउँदै यसलाई रोक्नुपर्नेमा जोड दिए ।

Copied: Khabar Education

प्रतिक्रिया दिनुहोस्

Array