विश्वभाषा क्याम्पसमा नया भर्ना खुल्यो।

शिक्षापाटी
शिक्षापाटी १२ पुष २०८०, बिहीबार
1 Min Read
Aa

त्रिभुवन विश्वविद्यालयको विश्वभाषा क्याम्पसले विद्यार्थी भर्ना सम्बन्धी सूचना निकालेको छ । उक्त क्याम्पसमा चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरूको नयाँ भर्नाको लागि फाराम खुलाएको हो ।

कुनै पनि भाषा पढ्न इच्छुक विद्यार्थीहरूले २०८० पुस १६ देखि पुस २६ गतेभित्र फाराम बुझाउन सक्ने छन्। अंग्रेजी लेखन बाहेक सबै भाषाका लागि एस.एल.सी वा एस.ई.ई मा कम्तीमा सी ग्रेड ल्याएर उत्तीर्ण भएको हुनुपर्नेछ र अंग्रेजी लेखनको लागि त्रि वि बाट स्नातक वा सो सरह उत्तीर्ण हुनुपर्नेछ ।

अंग्रेजी र नेपाली भाषा  बाहेक अन्य भाषाका लागि शिक्षक र अनुवादकहरू आवश्यक भएकाले  सम्पर्क गर्न समेत सूचनामा उल्लेख छ ।

FB_IMG_1703643570609.jpg

प्रतिक्रिया दिनुहोस्

Array