डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा तालिका सम्बन्धी सूचना

शिक्षापाटी
शिक्षापाटी २५ पुष २०८०, बुधबार
1 Min Read
Aa

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा प्रमाणपत्र तहको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका नियमित र आंशिक परीक्षा २०८० को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

मंसिर १८ गते प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना अनुसार आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरूको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित र आंशिक परीक्षाहरु माघ २९ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुने भएका छन् ।

साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम तथा लोपोन्मुख जाति ) अन्तर्गत डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणालीका विभिन्न कार्यक्रमहरूको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका नियमित रआंशिक परीक्षाहरू समेत सोही तालिकामा उल्लिखित मिति र समयमा सञ्चालन हुने भएका छन् ।

परीक्षा तालिका सम्बन्धी विस्तृत सूचना  CTEVT को website  (www.ctevtexam.org.np)  मा हेर्न सकिने छ ।

FB_IMG_1704849676568.jpg

प्रतिक्रिया दिनुहोस्

Array