यस बर्षको एसईईमा यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी १५ जना

शिक्षापाटी
शिक्षापाटी ८ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – यस बर्षको कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका १५ जना विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा सहभागी हुने पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी मध्ये अन्य समूहबाट १५ जना सहभागि हुँदैछन् । कार्यालयका अनुसार अन्य समूहमा बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट २/२, रुपन्देहीबाट ४ जना परीक्षामा सहभागि हुँदैछन् ।

परीक्षामा सहभागी हुन दुई लाख ५० हजार सात सय ७२ छात्रा र दुई लाख ५३ हजार छ सय २७ जना छात्रले फारम भरेका थिए । परीक्षा चैत १५ देखि सुरु हुँदै छ ।

कार्यालयले एसईईको लागि २ हजार ६४ परीक्षा केन्द्र तय गरेको छ । जापानबाट २३ विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् । जापान, मनाङ, मुस्ताङमा एक/एक परीक्षा केन्द्र निर्धारण गरिएको छ भने काठमाडौंमा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र हुनेछ ।

जापानको एभरेष्ट स्कुलमा अध्ययन गर्ने विद्यार्थीले गत बर्षदेखि परीक्षामा सहभागि हुन थालेका हुन् ।

एभरेष्ट स्कुलका २३ विद्यार्थी मध्ये १५ छात्रा र आठ छात्र छन् । जापानमा प्रश्नपत्र इमेलबाट पठाउने व्यवस्था मिलाइने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । प्रवेशपत्र र उत्तरपुस्तिका भने पठाइसकिएको छ ।

Copied: Bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array