एस.ई.ई. पछि के गर्ने ?

शिक्षापाटी
शिक्षापाटी २८ चैत्र २०८०, बुधबार
3 Min Read
Aa

पहिले S.E.E. भनिने प्रवेशिका परीक्षालाई अहिले माध्यमिक शिक्षा परीक्षा Secondary Education Exam – S.E.E. भनेर लिने गरिन्छ ।                                                                                  नारायण आचार्य

[email protected]

यस वर्ष ५०४४१४  विद्यार्थीहरु यस परीक्षामा समावेश भएका छन्। असार महिनासम्ममा परीक्षफल (result) प्रकाशित भैसकेको हुन्छ । यति वृहत संख्यामा विद्यार्थीहरुमा नतीजा प्रकाशन हुनुअघि र पछि के गर्ने भन्ने द्विविधा हुनु स्वभाविक हो । यो समयमा लिइएको निर्णयले आफू, आफ्नो परिवार, समाज र सिङ्गो राष्ट्रलाई प्रत्यक्ष एवं परोक्ष प्रभाव पार्दछ । आजका विद्यार्थी भोली देशका कर्णधार हुन । उनीहरुले उच्च शिक्षामा जे पढ्छन् भविष्यमा त्यहि हुन्छन् । त्यसैले S.E.E. पछि विद्यार्थीले पढ्न सक्ने विषयहरु र विषय छनौट गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

१. एस.ई.ई. पछि लगत्तै के गर्ने ?
१२/१३ वर्षको लामो स्कूले जीवन, व्यस्त दैनिकी, गृहकार्य, पढाइको चाप आदि सम्पूर्ण कुराबाट एस.ई.ई.को परीक्षा सकिएपछि विद्यार्थीहरुले मुक्ति पाएको जस्तो अनुभुति गर्नसक्छन् । तरु वास्तविकता त्यो भन्दा भिन्न र गंभीर छ । यत्रो वर्षको मेहनत र लगानीबाट आर्जित उपलब्धि उचित योजना र मार्गनिदेशनका अभावमा धरापमा पर्न सक्छ । यसका लागि अभिभावक र विद्यार्थी स्वयं सचेत हुनु जरुरी छ । स्कूलले जीवनमा आर्जित Routined work, study habit, time management आदि जस्ता जीवनमा सफलताका लागि अनिवार्य चिजहरुबाट विद्यार्थीहरु टाढिने सम्भावना हुने हुँदा यी कुराहरुमा सजग रहनु जरुरी छ । यसका साथै जुन विषयगत ज्ञान हासिल भएको छ, त्यो पनि निरन्तर अभ्यासको अभावले विर्सन सक्ने सम्भावना रहन्छ । यसका लागि विशेष योजनाकासाथ समयको सदुपयोग गर्नु जरुरी छ । त्यसैले S.E.E पछि उच्च शिक्षामा आफूले के पढ्ने हो, त्यसका आधारमा खाली समयलाई उपयोग गर्दा उत्तम हुन्छ ।
२. S.E.E. परीक्षा सकेपछि नतीजा नआउञ्जेल गर्न सकिने कुराहरुः

  •  यदि S.E.E. पछि रोजगारमुलक वा Technical Education जस्तै Staff Nurse, HA, Overseer, CMLT, B. Pharmacy जस्ता विषयहरु पढ्ने हो भने S.E.E. Exam सकिनासाथ तुरुन्त ती विषयहरु पढ्नका लागि Entrance Exam को Preparation Class मा भर्ना गर्ने ।
  • यदि Science, Management पढ्ने हो भने Bridge Course मा भर्ना गर्ने।
  •  Humanities, Education पढ्ने विद्यार्थीहरुले खाली समयमा English Language Training, Personality Development Training का कक्षाहरु लिन सकिन्छ ।
    यसो गर्दा खाली समयको सदुपयोग मात्र हुदैन विषयवस्तुको ज्ञान, नयाँ साथीहरुसँग चिनजान आदि धेरै फाइदाहरु हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

Array