त्रिविमा डिन,सहायक डिन तथा क्याम्पस प्रमुखलाई प्रतिस्पर्धाबाट नियुक्ति गरिने

शिक्षापाटी
शिक्षापाटी २६ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ /२५ बैशाख – त्रिभुवन विश्वविद्यालयका डिन, सहायक डिन तथा क्याम्पस प्रमुखलाई प्रतिस्पर्धाबाट नियुक्ति गरिने उपकुलपति प्रा.डा. केशरजंग बरालले बताएका छन् । उनले अबदेखि राजनीतिक आधारमा नभई प्रतिस्पर्धाबाट नियुक्त गर्ने बताएका हुन् ।

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा मंगलबारर प्रा। प्रवलराज पोखरेल नियुक्त भएका छन् । सोही कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बरालले प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई मात्र डिन, सहायक डिन तथा क्याम्पस प्रमुखमा नियुक्त गर्ने बताए ।

उनले भने, ‘सुरुदेखि नै पदाधिकारीहरू दलीय भागबन्डाको आधारमा नभईकन प्रणालीगत रूपमा नियुक्त हुन्छ भन्ने विषय मैले आफ्नो त्रिवि सुधार योजनामै उल्लेख गरेको छु । त्यसको लागि मापदण्ड निर्धारण गर्न योजना आयोगको पूर्वसदस्यको अध्यक्षतामा समिति गठन गरिसकेका छौँ । हामी तीन जना नै मापदण्डअनुसार अबका पदाधिकारी नियुक्त गर्न प्रतिबद्ध छौँ, मापदण्डअनुसार नै नियुक्ति हुन्छ ।’

त्यसैगरी हाल मापदण्ड तयार नभएकोले खाली भएका पदमा कामचलाउ पदाधिकारीको नियुक्त गरिएको बताउँदै मापदण्ड बनेपछि त्यसका आधारमा पदाधिकारी नियुक्ति गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array