नेपालमै पहिलो पल्ट एम्बिसन गुरुले ल्यायो ओएमआर शिट, अब घरबाटै परीक्षा, रिजल्ट तुरुन्तै

शिक्षापाटी
शिक्षापाटी १ जेष्ठ २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं । अनलाइन सिकाईको माध्यम एम्बिसन गुरुले ओएमआर शिट फिचर ल्याएको छ । नेपालमै पहिलो पटक एम्बिसन गुरुको मोबाइल एपमा यो फिचर समावेश गरिएको दाबी कम्पनीले गरेको हो ।

खर्चिलो परीक्षा प्रणालीलाई छिटो छरितो माध्यमबाट सम्पन्न गर्न ओएमआर शिट (अप्टिकल मार्क रिकग्निसन) को भूमिका महत्वपूर्ण मानिन्छ । कम समयमा सयौंको सङ्ख्यामा रहेका सहभागीहरूमा कुनै विषयको प्रयोग वा सर्वेक्षण गर्नुपरे ओएमआर शिटको प्रयोग गरिन्छ ।

विश्वभर सर्वेक्षणका साथै धेरै उत्तरपुस्तिका एकसाथ जाँच गर्न यसको प्रयोग हुने गरेको छ । एम्बिसन गुरु नेपाल प्रालिले नेपालमै पहिलो पटक मोबाइल स्क्यान गरी ओएमआर शिटबाट घरमै बसेर परीक्षा दिन सकिने फिचर आफ्नो एपमा उपलब्ध गराउन थालेको हो ।

अहिले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न चाहनेहरूका लागि लिइने सीईई (कमन इन्ट्रान्स प्रिपरेसन) इन्ट्रान्सको तयारी गरिरहेका विद्यार्थीहरूलाई यसबाट लक्षित गरिएको एम्बिसन गुरुले जनाएको छ । यसका लागि एम्बिसन गुरुको मोबाइल एपमा नै ओएमआर शिट उपलब्ध गराइएको हो ।

लोक सेवा आयोग, शिक्षक सेवा आयोग, सुरक्षा निकाय, बैंक तथा संस्थान, सबै विषयका प्रवेश परीक्षा र लाइसेन्सको तयारीका कोर्सहरूको नमुना परीक्षा पनि ओएमआर शिटबाटै दिन मिल्ने एम्बिसन गुरुकी सूचना अधिकारी साजना तामाङले बताइन् । शैक्षिक क्षेत्रमा यस खालको प्रविधिको प्रयोग नेपालमै पहिलो भएको भएको उनको दाबी छ ।

विद्यार्थीले एम्बिसन गुरु एपबाट शिट डाउनलोड गरी आफ्नो आवश्यकता अनुसार प्रिन्ट गर्न सक्ने र एप मार्फत् नमुना परीक्षामा सहभागी हुन सक्ने बताइएको छ । ओएमआर शिटमा उत्तरहरू चिन्ह लगाइसकेपछि मोबाइलबाटै त्यसको फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ । त्यस लगत्तै विद्यार्थीले रिजल्ट थाहा पाउन सक्ने उल्लेख छ ।

 नेपालमा मेडिकल इन्ट्रान्स, सरकारी सेवाहरूमा पद पूर्तिका लागि लोकसेवाले लिने परीक्षाको प्रथम पत्र, शिक्षक सेवा आयोगको लाइसेन्स परीक्षाको प्रथम पत्र र विभिन्न विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षामा ओएमआर शिटको प्रयोग भइरहेको छ । तर यसका लागि छुट्टै खालको स्क्यान मसिनको आवश्यकता पर्छ ।

तामाङका अनुसार एम्बिसन गुरुले ओएमआर ल्याएसँगै विभिन्न कोर्सहरूको तयारी र ओएमआर शिट परीक्षा अभ्यासकै लागि गाउँगाउँबाट सहरी क्षेत्रमा कोठा लिएर बस्नुपर्ने बाध्यता हटेको छ ।

 Copied: Techpana

प्रतिक्रिया दिनुहोस्

Array