सिटिइभिटी: एक विषय मौका परीक्षाको आवेदन फाराम खुला।

शिक्षापाटी
शिक्षापाटी ३ जेष्ठ २०८१, बिहीबार
3 Min Read
Aa

जेठ, ३ गते काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले एक विषय मौका परीक्षाको आवेदन फाराम खुला गरेको छ। सोटिइभिटी सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत तेस्रो वर्ष दोस्रो खण्डको नियमित परीक्षामा कुनै एक विषयमा अनुत्तीर्ण भएका नियमित परीक्षार्थीहरुको लागि आवेदन फारम खुलेको हो।

परिषद्‌का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका डिप्लोमा तथा प्रमाणपत्र तहका इन्जिनियरिङ तर्फका सम्पूर्ण कार्यक्रम, इन्फरमेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, सांसियल वर्क्स कार्यक्रमहरूको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फका विद्यार्थीहरुले यो सूचना प्रकाशित भएको मितिसम्म प्रथम वर्ष प्रथम खण्डदेखि तेस्रो वर्ष प्रथम खण्डसम्म उत्तीर्ण भई तेस्रो वर्ष दोस्रो खण्डमा मात्र कुनै एक विषयको सैद्धान्तिक परीक्षा अनुत्तीर्ण भएमा आवेदन फारम फर्न पाउने छन।

मौका परीक्षा असार महिनामा हुने भएकोले परीक्षार्थीहरूले २०८१ साल जेठ १७ गतेभित्र नियमित शुल्क र जेठ २४ गतेभित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरूमा परीक्षा आवेदन फाराम भरी बुझाउनुहुन सुचित गरेको छ।

आवेदन फारम भर्न निम्न सर्तहरू पूरा पुरागर्नुपर्ने छ।

१. शिक्षालयले एक विषयको आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम ITMS Online मा आफ्नो User बाट Login गरी परीक्षा आवेदन फाराम Print गरी परीक्षार्थीहरूलाई वितरण गर्नुपर्नेछ ।

२. परीक्षा आवेदन फाराम शुल्क वापत रु. ३००।- बुझाउनुपर्नेछ ।

३. सम्बन्धित शिक्षालयहरूले परीक्षा आवेदन फाराम शुल्क बापतको रकम मिति २०८१।०२।१८ गते नियमित शुल्क र मिति २०८१/०२/२५ गतेभित्र विलम्ब शुल्कको रकम अनिवार्य रूपमा सम्बन्धित परिषद्, प्रदेश कार्यालयको बैंक खातामा बुझाउनुपर्नेछ ।

४. सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत तेस्रो वर्ष दोस्रो खण्डको नियमित परीक्षामा कुनै एक विषयमा अनुत्तीर्ण भएका नियमित परीक्षार्थीहरूले मात्र उक्त आवेदन फाराम भर्न पाउनेछन् र उक्त नियमित परीक्षाको Result Sheet को प्रतिलिपि अनिवार्य रूपमा आवेदन फाराम साथ संलग्न गर्नुपर्नेछ ।

५. २०७७ साल (सन् २०२०) मा रजिस्ट्रेसन कायम भई २०८० माघ/फागुन महिनामा सञ्चालन भएको तेस्रो वर्ष दोस्रो खण्डको परीक्षाको नतिजामा एक विषयमा मात्र अनुत्तीर्ण परीक्षार्थीहरूले एक विषय मौका परीक्षाको आवेदन फाराम भर्न पाउनेछन्। आवेदन फाराम साथ प्रथम वर्ष प्रथम खण्ड, प्रथम वर्ष दोस्रो खण्ड, दोस्रो वर्ष प्रथम खण्ड, दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष प्रथम खण्ड उत्तीर्ण गरेको लब्धाङ्क पत्र (Mark Sheet) वा Ledger को प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। यदि सेमेस्टर परीक्षा प्रणालीतर्फ कुनै खण्डहरू अनुत्तीर्ण परीक्षार्थीहरूले उक्त परीक्षाको आवेदन फाराम भरी परीक्षा दिएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ ।

६.आवेदन फाराम परिषद्का सम्बन्धित प्रदेश कार्यालयहरूमा सम्बन्धित शिक्षालय मार्फत बुझाउनुपर्नेछ ।

७. प्रवेश पत्र बिना परीक्षामा सामेल गराइनेछैन। अतः सम्बन्धित शिक्षालयले प्रवेश पत्र तोकिएको समयभित्र बुझिलिनुपर्नेछ ।

८. परीक्षा सञ्चालन हुने मिति र परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।

९. सिम्बल नं. एकमुष्ट Generate गर्नुपर्ने भएकाले नियमित शुल्कको परीक्षा आवेदन फाराम मिति २०८१/०२/१७ गते कार्यालय समयभित्र र विलम्ब शुल्कको मिति २०८१/०२/२४ गते कार्यालय समयभित्र Web Based Online System मा शिक्षालयले Entry गरिसक्नुपर्नेछ ।

१०. शिक्षालयहरूले परीक्षा आवेदन फाराम, शुल्क बुझाएको भौचर सहित विद्यार्थीहरूको विवरण र सम्पूर्ण कागजातहरू फाइलमा राखी मिति २०८१/०२/२७ गते कार्यालय समयभित्र सम्बन्धित परिषद् प्रदेश कार्यालयमा बुझाउनुपर्नेछ ।

Screenshot_20240516-061411-01.jpeg

Copied: Nagarik Danik

प्रतिक्रिया दिनुहोस्

Array