एसईईको नतिजा असार दोस्रो हप्ता सार्वजनिक हुने

शिक्षापाटी
शिक्षापाटी ८ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार दोस्रो हप्ता प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

बोर्डले उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम  चरणमा पुर्याएको जनाएको छ ।

बोर्डले १७ ओटा परीक्षण केन्द्रको प्राप्ताङ्क संकलन  गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

बोर्डले ५२ ओटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिरहेको छ । त्यसमध्ये १७ओटा केन्द्रको उत्तरपुस्तिका परीक्षण गरिसकेको जानकारी उनले दिए । परीक्षामा ४लाख ६७ हजार विद्यार्थी सहभागी भएको उनले जानकारी दिए ।

Copied: Edupatra

प्रतिक्रिया दिनुहोस्

Array