नतिजा प्रकाशनअगावै उत्तरपुस्तिका टुक्राटुक्रा पार्नेलाई कारबाही हुने

शिक्षापाटी
शिक्षापाटी ९ जेष्ठ २०८१, बुधबार
4 Min Read
Aa

परीक्षा दिएर एक वर्षदेखि नतिजा कुरिरहेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको नतिजा प्रकाशन हुनु अगावै उत्तरपुस्तिका टुक्राटुक्रा बनाएको रहस्य फेला परेको छ । मानविकी र शिक्षाशास्त्र संकायका ३४२ विद्यार्थीले परीक्षा दिएर नतिजा कुरिरहेको समयमा त्रिविको परीक्षा नियन्त्रक कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो ।

समस्याबारे छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिले तीन साताअघि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराललाई बुझाएको प्रतिवेदनमा परीक्षा नियन्त्रकसहित सात जनाले विद्यार्थीको भविष्यसँग खेलवाड हुने हदैसम्मको लापरवाही गरेकोले पदबाट हटाउनु पर्ने पर्याप्त आधारसहित कारवाहीको सिफारिस गरेको छ ।

त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको संयोजकत्वमा गठित तीन सदस्य उच्चस्तरीय समितिले गत वर्ष वैशाख पहिलो साता परीक्षा दिएर नतिजा कुरिरहेका मानविकीतर्फका हेल्थ एन्ड पपुलेशन स्नातक तहका १५६ र शिक्षा शास्त्र संकायमा फाउन्डेशन अफ इजुशेकनतर्फका १८६ गरी कुल ३४२ विद्यार्थीको उत्तरपुस्तिका धुल्याउन पठाएको निष्कर्षसहित परीक्षा नियन्त्रकसहित ७ जनालाई दोषी ठहर गर्दै सबैलाई पदबाट हटाउने कारवाही सिफारिस गरेको हो ।

समीति संयोजक प्रा.डा. पौडेलले बुझाएको छानविन प्रतिवेदनले परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासनिक सम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र परिच्छेद ५७ को आधारमा पदबाट बर्खास्त गर्नु पर्ने सिफारिस गरेको छ । यसैगरी मानविकी तर्फका सहनियन्त्रक पवन बराल र शिक्षाशास्त्र तर्फको सहनियन्त्रक सुरेशजंग शाही, शाखा अधिकृत शम्भु दाहाल, मानविकी तर्फका शाखा प्रमुख दीपक पाण्डे, कर्मचारी चन्द्रप्रसाद जोशी र नारायणप्रसाद न्यौपानेलाई त्रिवि कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद ८२ अनुसार पदबाट हटाउने सिफारिस गरेको छ ।

अनुसन्धानमा उत्तरपुस्तिका हराएको नभएर टुक्राटुक्रा पारेर चरम लापारवाही गरेको फेला परेको स्रोतले बतायो । ‘हामीले अध्ययन अनुसन्धान गर्दा दोषी ठहर भएका नियन्त्रक, सहनियन्त्रक तथा कर्मचारीहरुले कति सहजरुपमा पुराना उत्तरपुस्तिका धुल्याउन पठाउनेसँगै विद्यार्थीको उत्तरपुस्तिका पनि  मजदुरले उठाएर लगेछ भन्नुभयो,’ स्रोतले भन्यो, ‘यता एक वर्षदेखि नतिजा कुरेर बसिरहेका विद्यार्थीको नतिजा अगावै उत्तरपुस्तिका धुल्याउनेसम्मको अपराध गोप्य शाखाबाट भएको रहेछ । तर जिम्मेवार पदाधिकारीले कति सहजरुपमा लिनु भएको रहेछ ।’

स्रोत भन्छ, ‘दोष परिक्षा नियन्त्रण कार्यालयको भए पनि विद्यार्थीले पुनः परीक्षा दिनु पर्यो । कति चरम लापारवाही भएको पाइयो । समितिले दोषी ठहर भएकाहरुलाई पर्याप्त आधार खडा गरेर पदबाट हटाउन सिफारिस गरी प्रतिवेदन बुझाएको छ ।’

गत वर्ष वैशाख पहिलो साता भएको परीक्षा पनिकाले उत्तरपुस्तिका नतिजा अगावै धुल्याइदिएपछि ती पीडित विद्यार्थीले ०८१ सालको चैत्र २१ गते पुनः परिक्षा दिनु परेको थियो ।

एकातिर समितिले पर्याप्त आधारसहितको कारवाहीको प्रतिवेदन उपकुलपतिलाई बुझाए पनि दोषि ठहरिएकाहरुलाई त्रिविले अझै कारवाही गर्न सकेको छैन भने अर्को तिर मुख्य दोषी ठहरिएका परीक्षा नियन्त्रक पुष्पराज जोशी काग्रेस सभापति शेरबहादुर देउवा निकट भएकोले उनलाई जोगाउन त्रिविमा चलखेल समेत सुरु भएको स्रोतको दाबी छ ।

प्रतिवेदन बुझाएको तीन सातापछि आइतबार राजिष्ट्रार कार्यालयमा परीक्षा नियन्त्रकसहित दोषी ठहर भएका सातै जनालाई बोलाएर स्पष्टीकरण सोधिएको शिक्षाध्यक्ष प्राडा खड्ग केशीले बताए । छलफलमा उपकुलपति प्राडा केशरजंग बराल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालको उपस्थितीमा साढे दुइ घन्टा छलफल भएको थियो ।

‘नतिजा अगावै उत्तरपुस्तिका धुल्याउनु गैर कानूनी काम पनिकाबाट भएको देखियो,’ शिक्षाध्यक्ष प्राडा केसीले नागरिकसँग भने, ‘समितिले कारावहीका लागि सिफारिस गरिएका व्यक्तिहरुलाई पदबाट हटाउन त्रिविले पहिले सूचना नबाहिरीयोस् भन्नलाई पनिकामा कर्मचारीको नयाँ सेट तयारी गर्नमा जुटेको छ । पुर्व तयारी सकिए लगत्तै समितिले सिफारिस गरे अनुसारको कारवाही गर्न कानूनी छलफल सुरु हुन्छ,’ उनले थपे, ‘त्यसपछि कार्यकारी परिषदको बैठकले कारावही गर्ने निर्णय गरी पदबाट हटाउने कारावही हुन्छ ।’

Copied: Nagarik Danik

प्रतिक्रिया दिनुहोस्

Array