पूर्वाञ्चल विश्वविद्यालयले स्नातकोत्तर तहको इन्जिनियरिङमा पुन: प्रवेश परिक्षाका लागि आवेदन खुल्यो

शिक्षापाटी
शिक्षापाटी २१ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa

जेठ, २१ गते काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले स्नातकोत्तर तहको इन्जिनियरिङमा पुन: प्रवेश परीक्षाको लागि आवेदन खुलाएको छ । पर्याप्त विद्यार्थी नपाएपछि विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा प्रवेश परीक्षाका लागि पुन: अनलाइन आवेदन खुलाएको हो ।

यसअघि विश्वविद्यालयले चैतमा शैक्षिक सत्र २०२४ का लागि नयाँ भर्ना खुलाएको थियो । जसअनुसार भर्ना हुन चाहने विद्यार्थीहरूले गत २२ वैशाखमा सञ्चालित प्रवेश परीक्षामा माग लिएका थिए । शैक्षिक सत्र २०२४ को भर्नाका लागि प्रवेश परीक्षा लिइसकेको भए पनि विद्यार्थी सिट अझै रिक्त रहेका कारण भर्नाको लागि पुन: आह्वान गरेको सूचनामा उल्लेख छ।

इच्छुक योग्य विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको स्कुल, क्याम्पस तथा कलेजमा शैक्षिक कार्यक्रम छनौट गरी २ असारसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने छन् ।

हेर्नुस सूचना ।

FB_IMG_1717324633775.jpg

Copied: Bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array