कक्षा १२ पूरक परीक्षाको तालिका परिवर्तन

शिक्षापाटी
शिक्षापाटी २१ भाद्र २०८०, बिहीबार
4 Min Read
Aa

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको यस अघि तय गरेको समय तालिका परिवर्तन गरेको छ । आगामी असोज ६ र ७ गतेका लागि तय गरिएको परीक्षा ९ र १० गते सारिएको छ । लोकसेवा आयोगको परीक्षासँग जुधे पछि समय परिवर्तन गरेको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले बताए ।

‘लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग समय जुधे पछि कक्षा १२ को पूरक परीक्षाको यस अघि तय गरेको समय तालिका परिवर्तन गरिएको हो’ उनले भने ‘पुरक परीक्षा दिने मध्ये कतिपय विद्यार्थीले लोकसेवा आयोगको परीक्षाका लागि समेत फारम भरेकोले परीक्षा सार्न अनुरोध भए पछि विद्यार्थीको हितलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।’

असोज ६ गते शनिबारका लागि यस अघि तय भएको परीक्षा असोज ९ गते मंगलबार हुने छ । उक्त दिन अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आपूmले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्नेछ छ ।

यस्तै यस अघि असोज ७ गते आइतबारका लागि तोकिएको परीक्षा असोज १० गते बुधबार हुने छ । उक्त दिन दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आपूmले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने छ ।

२०८० सालको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क वापत प्रति विद्यार्थी छ सय रुपैंया बुझाई सक्नुपर्ने बोर्डले जनाएको छ । उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरुका लागि भदौ २९ गतेभित्र विलम्ब शुल्क सहितको प्रति विद्यार्थी दोब्बर अर्थात् एक हजार दुई सय रुपैंया बुझाई सम्बन्धित विद्यालय मार्फत भदौ ३१ गते कार्यालय समयभित्र रकम जम्मा गरेको भौचर सहित आवेदन फाराम बुझाई सक्न बोर्डले सूचीत गरेको छ ।

पूरक परीक्षा दुई दिन मात्र सञ्चालन हुने छ । एक विषयको मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्ने छ । अनिवार्य अङ्ग्रेजी (००४१) विषयमा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिन मात्र सञ्चालन हुनेछ । दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने सानो कोड नम्बर भएको विषयमा पहिलो दिन र ठूलो कोड नम्बर भएको विषयमा दोस्रो दिनको परीक्षामा सहभागी हुनु पर्ने बोर्डले जनाएको छ ।

तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने भन्दे बोर्डले कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित नगरिने जनाएको छ । परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना भने पछि प्रकाशन गरिने बोर्डले जनाएको छ । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी, ब्लु टुथ उपकरण लगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

गत साउन ३० गते सार्वजनिक कक्षा १२ को परीक्षाफल अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार पाँच सय ८४ रहेको छ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ ।

नतिजा अनुसार करिब ५१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । गत वर्षको तुलनामा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ ।

Copied: Edukhabar

प्रतिक्रिया दिनुहोस्

Array