संस्कृति अध्ययनका क्रममा हाम्रो दशैं पर्व

शिक्षापाटी
शिक्षापाटी ३ कार्तिक २०८०, शुक्रबार
42 Min Read
Aa

झपेन्द्र जीसी
१.प्रकृति माझ जन्मिएका प्राणी तीमध्ये मानिसलाई सबैभन्दा बुद्धिमान मानिन्छ । मान्छेले हतियार÷औजार प्रयोग गर्न अरुले जानेन । मान्छेले ग¥यो औजार निर्माण अरुले जानेन । औजार निर्माण प्रयोगकला मान्छेले बढायो । अजङ्ग भालु, हात्ती र गैंडा मान्छेले रत्यायो । अनेक पशु अनेक पन्छी पालुवा गरायो । यही कला सीप विकसित हुँदा साम्राज्य चलायो । मान्छेले गर्यो सारा सिर्जना प्रकृति चुसेर बनबासी मान्छे घरबासी बन्यो । हामीले पूज्ने चन्द्रमा पुगि खनेर पो ल्यायो कोरेर घर्ती फल्यायो अन्न फलफूल अनेक आवश्यक पर्ने चीज र बीज फाँट मैदान लेक लेक दाउरा र ढुङ्गा घोटेर गर्यो अनल सिर्जना अनल पाउँदा मान्छेको भयो हैकम गर्जन पोलेर खान मान्छेले जान्यो परिकार स्वादिष्ट गिदी-मस्तिष्कको पनि विकास भयो । श्रमैले विशिष्ट सिर्जना माथि सिर्जना ग¥यो अनेक सिर्जना निर्बल मान्छे सबल भयो । सुस्तरी सुस्तरी दाउरा र ढुङ्गा घोटेर ग¥यो अनल-आगो सिर्जना । अनल पाउँदा मानिस भयो सबैको मालिक मानिस भयो । श्रमै र कमैमा पौरखे गर्यो, चमत्कार गर्यो, किसिम किसिम आइटिको पनि विकास गर्यो । हतियार कला प्रयोग गर्न मान्छेले पाएर अलौकिक कुरा र लौकिक कुरा मानेर तमाम विभिन्न चलन चलाउन थाल्यो । त्यही फुच्चे मानव हर्ष र खुसीमा हाँसो । सुख र दुखका पर्वहरु जन्मिए ।
मान्छेले आपतविपत पर्दा कुनै काल्पनिक दैवी शक्ति वा अलौकिक शक्तिको कल्पना गर्यो । अनि तिनीहरुलाई राख्नको लागि मठमन्दिर, मजिस्द बनायो । अनि मान्छेले कल्पित देव देवीको मूर्ति पनि बनायो । मूर्र्तिको आकार प्रकार पनि आफैले निर्धारण ग¥यो । अनि मूर्तिमा अलौकिक शक्ति पैदा गर्न प्राण प्रतिष्ठा अनुष्ठान पनि गरायो ।
जहाँ मानव जातिको बसोबास छ, त्यहाँ नै विभिन्न प्रकारका देव देवीहरु छन् । निर्जन अनकष्टार ठाउँमा मानव जाति पुग्नै सक्दैन त्यहाँ कुनै अलौकिक देवदेवीको मूर्ति र मन्दिर भएको पाइदैन । यसबाट सिद्ध हुन्छ अनेक धर्म, अनेक संस्कृति मूर्ति, मन्दिर सबैको सर्जक भनेको मानव जाति नै हो । धर्म, संस्कृति, संस्कार ! त्यहाँ त्यहाँ देवता छन् भन्ने कुरा विकार, विकृति मङ्गलमा छैन आदिमा कही छैन, तर यही पृथ्वीमा मात्र छ । यसैले सबै कुराको सर्जक भनेको मान्छे नै हो ।

२ समाजशास्त्री र मानवशास्त्रीहरुको एकमत केमा छ भने मानव जाति जुन बेला बनबासी थियो । आप्mनो सुरक्षाको लागि रुखमा बस्ने त्यो मानिस पछि गुफामा बस्न थाल्यो । गुफा घरमा बस्दा पनि जङ्गली हिंस्रक जनावर गुफाभित्र पसेर आक्रमण गर्न थालेको अवस्थामा उसले हिंस्रक पशु प्राणीबाट जोगिन ढुङ्गाको प्रयोग गर्यो । ढुङ्गाले हिंस्रक पशु प्राणीलाई धपायो । यसरी उसले जोगिएर बाँच्यो । यसर्थमा ढुङ्गा मान्छेको सहारा बन्यो । त्यो गुनी ढुङ्गालाई उसले क्रमशः नामकरण गर्यो कृष्णवर्मा, शैलेश्वर, वा शालग्राम । तदुपरान्त त्यहीँ कृष्णवर्मा, शालग्राम वा शैलेश्वर महादेव र शिव मानेर पूजन र भजनकीर्तन गर्न थाल्यो र हुँदै आएको छ । यता हिमाल र गङ्गाको तटतर्फ मात्र होइन मक्कामदिनामा पनि त्यही शिला पुजिन्छ ।
यसरी नै त्यो बबुरा मान्छेले प्रकृतिमा आगो (अग्नि) प्राप्त ग¥यो । आगोलाई सुरक्षित गर्न मात्र मान्छेले जानेन, उसले दाउरा दाउरा घोटेर अथवा ढुङ्गा ढुङ्गा घोटेर आगो बनाउने कलाको विकास ग¥यो । वनवासी हाम्रा पुर्खालाई अग्निले ताप, प्रकाश मात्र दिएन, हिंस्रक जनावरलाई अगुल्टाले हान्दा वा गुफा घर भित्र प्रवेश गर्न खोज्ने हिंस्रक प्राणी स्वत भागाभाग भयो । ढुङ्गाले हान्ने मान्छे र आगाको अगोल्टाले हान्ने मान्छे देखेर पशुप्राणी भागा भाग भए । यसरी आगो र ढुङ्गाको महत्व बढ्यो । आगो र ढुङ्गा मान्छेको साथी वा देवता भए ।
३. फागु-होलीपर्व–

वनवासी यायावर-सिकारी मानिसले घरबासी भएर पशुपालन र कृषि कार्यको थालनी गरेपछि आगोलाई अत्यन्त सम्मानपूर्वक अग्नि स्थापना गरेर पूजन र भजनकीर्तन गर्न थाल्यो । यो हो अग्नि स्थापना पर्व– यस अन्तर्गत होलीपर्व(आजकाल होलिका) दहन भनिने पर्व पनि पर्दछ । जुन कुनै धर्ममा पनि प्राकृतिक मानव हितकारी पदार्थको जस्ताको तस्तै व्याख्या विश्लेषण गर्ने प्रवृत्तिको सट्टा कुनै गुणकारी, हितकारी वस्तुको अतिरञ्जित बखान वा घृणा गर्ने प्रवृत्तिको कारण साँचो कुरा ओझेलमा प¥यो । आगाको धर्म पोल्नु, उमाल्नु र गाल्नु र खरानी बनाउनु हो । यसैले आगोलाई अग्नि देवता कृष्णवर्मा पनि भनिन्छ । होलक लातीतिहोलिका अर्थात् केराउ ,चना, जौका बाला, गहुँका बाला पोलेर खाने प्रविधिलाई होलक भनिन्छ । बसन्त ऋतुमा मनाइने होली पर्वलाई नवान्न यज्ञ पनि भनिन्छ । पकाएर खाने प्रविधिको विकास नभएको अवस्थामा आगोमा पोलेर खाने प्रविधिसम्मको विकास भएको सूचना प्रवाह यो होलीफागु पर्वले गरेको छ । यो पर्वमा होलिका ढोण्डा आदिलाई गाली गर्ने पर्व होइन, अग्निमा नवान्न पोल्दै खाँदै अग्निका वरिपरि गाउँदै नाच्दै रमाइलो गर्ने पर्व हो । त्यसैले भनिन्छ होलीहोलास्ति समता पर्व ः समताको पर्व हो । यो पर्व हाम्रो नेपाली पर्व पनि हो किन ? यसकारणले कि जौ, गहुँ, चना, केराउको फसल यही बेला तयार हुन्छन् । अर्को कुरा प्रचलनमा रहेका संवत्हरु मध्ये वि.सं. २०८० र इ.सं. २०२३ मा मात्र पुगेका छन् । भने यो तिथिमिति बारमा उत्पत्ति भयो भनेर भनिहाल्ने आधार छैन ।

४ बुद्ध जयन्ती
इ.पू. ५६३ को बैशाखे पूर्णिमाका दिन लुम्बिनी (वन) मा जन्मनु भएका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा यही पूर्णिमा कै दिन सम्बुद्धत्व प्राप्त गर्नु भएको हो । सम्वुद्धत्व प्राप्त गरेपछि आप्mनो प्राप्त ज्ञानको अग्नि परीक्षा गर्न उहाँ अनुमा नदी (नारायणी नदी) तरेर प्रवज्र्या (मुण्डनम् गरेर) अगाडि बढ्नु भयो । ऋषि भृगुआश्रम, आलारकालम आश्रम जस्ता आश्रममा क्रमशः गएर महर्षि कपिलको साङ्ख्य दर्शनको अध्ययन गर्नुका साथै योग ध्यान गर्नु भयो । तर उहाँको ज्ञानको परीक्षण पूरा हुन नसकेपछि उहाँ गयामा पुग्नु भयो गयामा पञ्चऋषिहरुसँग ६ वर्ष भोकै बसेर तपस्यारत हुँदा उहाँ अस्थिपञ्जरमा परिणत हुनु भएपछि तपमार्ग स्वतःगलत छ भन्ने निष्कर्षमा पुग्नुभयो । अनि पुनःहालको बोधगया भन्ने ठाउँमा पुग्नु भयो । अनि पुनः हाल बोधगया भनिने ठाउँमा गएर पिपलको रुखमुनि समाधिमा बसेर उहाँले आप्mनो ज्ञानको परीक्षण गर्नु भयो र परीक्षाफल देहाय बमोजिम सुनाउनु भयो ।
संसारमा दुःख छ दुःखको कारण छ दुःख निवारण गर्न सकिन्छ, त्यसका उपाय छन्, यसलाई आर्य सत्य भनिन्छ । दुःख निवारणको उपाय अष्टाङ्गिक मार्ग हो – र संयक् दृष्टि, संयक् वचन, संयक् दृष्टि, संयक् कर्म, संयक् व्यायाम, संयक् ध्यान, संयक् समाधिभ, देवता, नर, किन्नर, गन्धर्व यक्ष केही पनि होइन केवल बुद्ध हुँ, देवता स्वर्ग आदिको अस्तित्वको खोजीमा जति लामो बहस गरे पनि छेउ टुप्पो पाउन नसकिने हुँदा यो अकथनीय छ भनेर चित्त बुझाउनु भयो ।
यसरी शान्तिका अग्रदुत बुद्धले नौलो सन्देश दिएकै कारण वैशाख पूर्णिमा महान् पर्व बनेको हो । अहिंसा परमो धर्म: विपश्यना-विधिश्वासप्रश्वास सुस्वस्थ बन्ने आधार हुन् भन्नु भयो ।
५. दशहरा –
बसन्त ऋतु अन्तर्गत पर्ने दशहरा एक पर्व हो । नयाँतिहुन तरकारी, दशथोक मिलाएर पकाइन्छ र खाइन्छ । दशहरा पर्वमा जौको सातु तथा खुदेपानी पनि खाने खुवाउने गरिन्छ । हाम्रो पाल्पा सेरोफेरोमा कालीगण्डकी नदी दश हात बढ्छिन् भन्ने मान्यता रहिआएको छ । यो दशहरा पर्वलाई अक्षय तृतीया पर्व पनि भनिन्छ । अक्षतृतीयामा पर्ने पर्व स्वतःअक्ष तृतीया हुने नै भयो ।

चैते दशै (वासन्ती दशैंं र शारदीय दशैं) असोजे दशैं नेपालको महत्वपूर्ण पर्व हुन् । भारततिर दशहरा मनाउँछन् दशैं मनाउँदैनन् । नेपालका बहुसङ्ख्यक जनता (जातिजनजाति)ले दशैं पर्वलाई महान् पर्वको रुपमा मनाउने प्रचलन रहँदै आएको छ । स्पष्टै छ चैतमा मनाउने चैते दशैं र असोजमा मनाउने दशैंलाई असोजे दशै भनिन्छ । बहुसङ्ख्यक जातिजनजाति समेतले धुमधामका साथ मनाउने हुँदा यस पर्वलाई सबैभन्दा महान् पर्व पनि मानिएको छ ।
यो पर्व चैतमा र असोजमा दुई पटक मनाइन्छ । कारण के होला ? किनहोला । किन दुई पटक मनाइन्छ ? जबकि अरु पर्व वर्षमा एक पटक मात्र मनाइन्छ तर दशैं पर्व २ पटक किन मनाइन्छ ? प्रश्न उठ्नु स्वभावैको हो । अहिले त कृत्रिम ढङ्गले बेमौसमी खेती गर्ने प्रचलन बढ्दैछ । तर प्राकृतिक रुपमा भन्ने हो भने हाम्रो देशका किसानहरु मौसमी खेतीमा नै भर पर्ने गर्दछन् । मौसमी खेती भनेको मौसम अनुसार गरिने खेती हो । मौसमअनुसार शरदकाल र बसन्तकाल प्रमुख रुपमा खेतीपाती गर्ने ऋतु हुन् ।

दशैं पर्व यथार्थमा उत्पादन पद्धतिको अभिव्यक्ति हो । भन्ने कुरा यस बखत गरिने क्रियाकलापले पुष्टि गर्दछन् । विभिन्न देशमा विभिन्न जातका प्राकृतिक धान (टुँडेधान)को उत्पत्ति भएको पाइन्छ । नेपालको पाल्पा प्रभासताल (कमलपोखरी), माडीको बुढुवा ढाप, कास्कीको बेगनास ताल र कपिलवस्तुको अजिगरा तालमा मेरो आँखैले प्राकृतिधान देखेका छन् । प्राकृतिकधान नेपालका अन्य धेरै तालतलैयामा पाइन्छ । जुम्लाको मार्सी धान त्यसै मध्येको एउटा हो । जुनविश्व प्रसिद्ध छ । टुँडेधान-सीताधान धेरै ठाउँमा धेरै ठाउँमा पाइन्छ । जसलाई धान भन्ने चलन पनि छ ।
अहिले त आप्mनो उत्पत्तिको स्वामित्व डब्लुटीओबाट लिने प्रचलन छ । तर आदिम वनवासीकाल र कृषि युगको थालनी भएको बेला त्यस्तो तर नेपालीहरुले जमरा कानमा सिरौरेर अनि धानको अक्षता निधारमा लगाएर आफ्नो उत्पत्तिको स्वामित्व लिइसकेका थिए र लिदै आएका छन् । लिने दिने कुनै संस्था थिएन । त्यसैले आप्mनो एबतष्भलत च्ष्नजत स्थापित गर्न नेपाली हाम्रा पुर्खाहरुले मात्र चामलको अक्षता साइनबोर्ड रुपी आप्mनो निधारमा लगाएर सांस्कृतिक रुपमा उत्पत्तिको स्वामित्व वा एबतष्भलत च्ष्नजत लिएको स्वतःपनि बुझ्न सकिन्छ ।

पहिचानको स्वामित्वलाई अरु बिस्तारित गर्न विभिन्न पर्व उत्सव चण्डी पर्व आदिमा देवी देउरालीमा समेत चामलको अक्षता निधारमा लगाउने प्रचलन नेपालमा मात्र छ । पूर्णिमामा पनि चामलको अक्षता निधारमा लगाएर एउटा विशिष्ट उदाहरण प्रस्तुति गरेको प्रष्टै देखिन्छ । यो त हाम्रो विशेषता हो । दशैं पर्व नेपाली साझा पर्व हो । कृषियुगको थालनी पछि धानको महत्वलाई बुझेका हाम्रा पुर्खाले विभिन्न अनुष्ठानमा विभिन्न अन्नको प्रयोग गर्दै आएका छन् । तीमध्ये धानको अक्षता प्रमुख हो । मध्ये दशैं पर्वलाई मनाउँदै आएका छन् । यो पर्वलाई हिन्दुले मात्र होइन महायानी बौद्धमार्गीले पनि मनाउने गर्दछन् । के यो पर्व खस ब्राहमणको मात्र पर्व होइन ? यो त नेपालीको मात्र साझा पर्व थियो र हो । अहिले त यो विस्तारित भएर सिमा बाहिरसम्म पुगेको छ तर कतिपय जनजाति हुँ भनेर आफूलाई प्रस्तुत गर्ने उनीहरुले कुनै जातिमाथि लादेको पर्व हो ? यस्तो भन्न पाइन्छ ? समस्त नेपालीको विशेष दिन असोजलाई वडादशैं र चैतकोलाई चैते दशंै हो । तर आजकल केही मान्छेहरु सङ्कीर्णताको घेराबन्दीमा परेर अर्थ नवर्थको कुरा गर्न थालेका छन् र उनीहरुले भन्दै छन् – खस ब्राह्मणले जनजातिलाई काटेर त्यसैको रगतले अक्षता मुछेर टीका लगाउने थालेको हो भनी अपप्रचार गर्दैछन् । त्यसैले उनीहरुले दशैं पर्व खस ब्राह्मणको पर्व हो । भनेर भन्न समेत भ्याएका छन् ।

चैते दशैंताका वर्खे खेतीको रुपमा धान, मकै, कोदो, धैया आदिको व्याड राख्ने बेला हुन्छ । कृषियुग अर्थात् खेतीपाती गर्ने पद्धतिको विकास भएपछि बिउबिजन परीक्षण विना रोपण गर्दा नउम्रिने समस्याले पनि मानिसलाई पिरलो हुन्छ । त्यसैले हाम्रा कुलपुर्खा कृषक समुदायले खेतवारीमा ब्याड (नर्सरी) राख्नु भन्दा पहिले जमरा संस्कृतिको सुरुवात गरे । विउवाल बाख्रा कुखुरा वस्तु भाउले क्षति नगरुन भन्ने हेतुले आप्mनो घरको सुरक्षित स्थान अन्धकार भण्डार कोठामा नर्सरी राखे । थुपथुपना कोट घरमा पनि सामूहिक जमरा राख्ने सुरुवात गरे ।

यसरी उपर्युक्त विधि अनुसार राखिएको नर्सरीमा राम्ररी बिउ उम्रिए उसले आप्mनो विज्ञापन स्वरुपका नयाँ जमरा कानमा सिउरेर हिँड्यो । यो एउटा अन्नप्रतिको उमारशक्ति परीक्षण र सम्मान पनि हो भनेर लिन सकिन्छ । जसको बिउ राम्ररी उम्रेन उसले बिउ राम्ररी उम्रेको घरबाट बिउ किन्न माग्यो । मैले २ पाथी दिन्छु दाइ ! दिदी ! मलाई एकपाथी दिनुस् । मेरो त बिउ नउम्रिएर वर्वाद भयो भन्ने गुनासो गर्न थाल्यो । जमरा भनेको उमार शक्ति (Germination Power Testing) हो र यसो गर्नु अत्यन्त वैज्ञानिक विधि थियो र हो । बिउको उमार शक्ति परीक्षण र अन्नप्रतिको सम्मानको कुरालाई धार्मिकीकरण गरियो । निश्चित क्षेत्र परिधिभित्र बसोबास गर्ने मानव समुदायले सबैलाई पायक पर्ने ठाउँमा कोटघर बनाएका हुन्छन् । ती कोट घरमा जमरा राख्ने प्रचलन रहेको छ । कोटघर जमरा संस्कृतिले बीउको उमार शक्तिको परीक्षण र सामुदायिक र सद्भावको पनि परिचय दिन्छ । तर क्रमश ः बिउ परिक्षणका लागि गरिएको जमरा संस्कृति क्रमशः अन्यत्र मोडियो वा बिर्सियो । धार्मिकीकरण वर्गीकरण गरियो । यो चैते दशैलाई रामनवामी पनि भनिन्छ । सानो दशैं पनि भनिन्छ ।

अर्को खेतीपातीका लागि बिउ रोपण गर्ने ऋतु शरद ऋतु हो । असोजमा पर्ने विशेष दिनलाई असोजे दशैं वा वडा दशै वा ठूलो दशैं पनि भनिन्छ । जमरा लगाउनु र अक्षताका टीका लगाउनु यस पर्वको महत्वपूर्ण विशेषता हो । बीउ परीक्षण गर्ने यहाँ भन्दा अर्को वैज्ञानिक विधि के पो हुन सक्ला र ?
नेपालमा दशैंमा चामल अक्षता टीका लगाइन्छ ? पूर्वीय दर्शन संस्कृतिमा अन्नको पूजा वन्दना हुन्छ । त्यसमा पनि चामलको टीका लगाउने प्रचलन नेपालमा मात्र अक्षता जमरा संस्कृति छ । यसको कारण के हो ? अनि यसको सुरुआत कहिलेदेखि भयो होला ? यो खोज अनुसन्धानको विषय पनि हो । तिथिमिति बार ठ्याक्क भन्न नसकिएला तर कृषियुगको थालनीसँगै धानको महत्व बुझेपछि, ती बुझेका नेपाली पुर्खाले धान चामल काँचै खानसिके । आगो प्राप्तिपछि पोलेर खानसिके पछिपछि पकाउने प्रविधिको विकास भएपछि पकाएर खानसिके । पकाएर खाँदा स्वादिष्ट पाए । प्रविधिको विकास र सीपविकास भएपछि धानको बहुउपयोगिता ज्ञान व्यापक रुपमा प्रचारित भयो । चामलको विविध परिकार बनाउन र धानको परालको गुन्द्रा र चटाइ बनाउने सीप हासिल भएपछि त धान चामलको महत्व र बहुउपयोगीतालाई आत्मसात् गरेर त्यही बेलादेखि आप्mनो साइनबोर्ड रुपी निधारमा अक्षता टीका लगाएर हिँड्न थाले । भन्दा प्रमाण खोजेर हिँड्न नपर्ला । यो धान, चामल र परालप्रतिको सम्मान हो भनेर थप प्रमाण दिइराख्न नपर्ला । अर्को कुरा प्रचलनमा रहेका सम्वत्हरु मध्ये वि.सं. २०७९ वर्ष भएको छ । इ.स्वीय सं. (सन् २०२३) वर्ष भएको छ । यसो भएपपछि तत्कालीन ग्रन्थहरु वेदपुराण आदिमा लेख्ने कुरा पनि भएन । आज आप्mनो उत्पत्तिको सर्वाधिकार स्वामित्व (Patent Right) WTO बाट लिने प्रचलन छ । ऊ बेला WTO पनि थिएन । त्यसैले हाम्रा पूर्वजहरुले निधाररुपी साइनवोर्डमा प्रारम्भिक दिनमा सेता अक्षताको टीका र पछिल्ला दिनमा विभिन्न रङ्गहरु उत्पत्ति भएपछि सेता, राता, पहेँला, अक्षता लगाउने चलन अघि बढ्यो । ग्रह कटाउँदा, काला अक्षताको प्रयोग गरिन्छ, प्रायशःशोकमा पहेंलो अक्षता र विजयश्री हातपर्दा राता अक्षता लगाउने संस्कृतिको सुरु भयो ।
हिन्दुले मात्र होइन बौद्ध महायानी मार्गीले पनि धुमधामका साथ दशैं पर्व मनाउँछन् । राता टीका अक्षता शुभकार्यमा लगाएको आँखैले देखिएको छ । यो खश ब्राहमणको मात्रपर्व हो, जनजातिलाई काटेर उसको रगतले चामलको अक्षता मुछेर टीका लगाउन शुरु गराए भनेर हल्ला गर्नेहरुले सत्य कुरा बुझ्न बाँकी छ । चुरो कुरा बुझ्न बाँकीछ । युरापियन युनियनको र अमेरिकाको माउँतोमा लागेर यस खाले अपप्रचार गर्नु सङ्कीर्णताको पराकाष्ठा हो । सबैभन्दा बढी चण्डीपूजा देवी देउरालीको पूजा गर्ने त जनजाति नै हुन् । यसो भएपछि जनजातिलाई काटेर, त्यही रगतले अक्षता मुछेर लगाउन थाले भन्ने दुई चार जना सङ्कीर्णतावादीले भन्दैमा साँचो हुँर्दैन सत्य–सत्य नै हुन्छ । स्वतः यस्ता अप्रचार स्वतः खण्डित हुन्छ । नेपाली नेपालीबीचको समन्वय सद्भावमाथि तुषारोपात गर्दछ ।
नेपाली समाजलाई विखण्डन गर्न लागि परेकोे विदेशीले गरेको होहल्लाका पछाडि कुँधेर हिँड्नु हुँदैन । खास कुरा त के हो भने धानको उत्पत्तिक्षेत्र नेपाल पनि भएको हुँदा धानको अक्षताको टीका लाउने चलन नेपालको पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्न नेपालीले सुरु गरेका देखिन्छ । सूर्यमणि अधिकारी लिखित खश साम्राज्यको इतिहास पृ. १९७ डा. वमबहादुर अधिकारी लिखित नेपालको बृहत् इतिहासको पृष्ठ २४८ मा खस ब्राह्मणले जनजाति भनिएकाहरुबाट अक्षता लगाउन सिकेका हुन भनिएको छ । वास्तविकता पनि यस्तै हो । तर हाल साल विदेशी साइँध्वाहरुको लहलहैमै लागेर जनजातिलाई खश ब्राहमणले काटेर तिनीहरुको रगतमा अक्षता मुछेर टीका लगाउन थालेको हुँदा यस खाले दशैं तिहार जस्ता सबै पर्व खश ब्राह्मणका पर्व हुन् भन्दै सामाजिक विखण्डनका उद्देश्य र राखेर विरुद्धमा आरोप पत्यारोपमा उत्रेको पाइन्छ । जहाँसम्म दशैंमा लगाउने राता अक्षताको प्रसङ्ग छ । सुरुका दिनमा रङ्ग थिएन, मुख्य रङ्ग (Prime colour ) सेतो नै हो । पछिल्ला दिनमा क्रमशःविभिन्न रङ्गको आविष्कार र प्रयोग हुन थालेपछि विजय र खुसियालीमा रातो रङ्ग लगाउने, वियोग र विछोडमा पहेलो रङ्ग लगाउने वा सेतो टिका लगाउने । साधु सन्तले पहेलो रङ्ग लगाउने प्रचलन बन्यो । अहिले पनि जनजाति भनिएकाले मात्र होइन अरुले पनि शुभकार्यमा रातो रङ्गको सट्टा सेतो अक्षतालगाउने संस्कृति कायम छ । शोक र विछोडमा पहेंलो रङ्ग लगाउने प्रचलन संस्कृतिको रुपमा विकास भएको छ । यसरी नै शोकमापनि सेतावापहँेलो टीका लगाउने चलन युरोपियन र युनियन अमेरिका लगायत यस्तै धूर्त स्यालहरुको चालबाजी हो । अहिले पनि विभिन्न गाउँ ठाउँमा खास ब्राह्मण वा अन्य जाति किन नहोऊन सेता टीका लगाउने प्रचलन छँदैछ ।
यो पर्वलाई त्रोतायुगीन राजाराम र रावणले उत्तर भारत र दक्षिण भारतको युद्ध हुँदा रामले विजय हासिल गरेको रावण पराजीत भएको कथा प्रसङ्गसँग जोडेर यसलाई सामन्ती पर्व भन्ने पनि चलन बढेको छ । यो कथासँग यसको साइनो छैन । जोड्नेले जोडे । त्रेता युग सामन्ती युग होइन । त्यो त बरु दास युगको पूर्व चरण हुन सक्छ । पर्व भनेको पनि पाइन्छ ।

जनजातिलाई काटेर त्यही रगतले चामल मुछेर खस ब्राह्मणले टीका लगाउन लगाएका हुन् भन्ने कुरा गलत हो माथि नै भनिएको छ । फेरि यहाँ दोहोर्याऊ यो पर्व पहाड र उच्च पहाडमा बसोबास गर्ने मानिसले थालनी गरेका हुन् । उच्च पहाडमा कुन जाति बसोबास गर्छन् ? उत्तर आफैंसँग छ । समावेशी समन्वयात्मक समाजमा यो पर्व मेरो यो पर्व तेरो भन्नु त छि व्यवहार शैली हो होइन र ? यो पर्वमा शक्तिको पूजा हुन्छ । चण्डी, विन्ध्यवासिनी, तीन कन्या, छकन्या, सात कन्या, डकन्या, विभिन्न नामका देउराली र विभिन्न कोट थुमथपनामा रहेका देवीहरुको पूजा हुन्छ । आफूले जे कुराको उपभोगगरिन्छ । त्यही कुरा देवीलाई चढाइन्छ । देवीका सातसय रुपरुप छन् । दुर्गा शप्तशतीमा यसलाई सटीक व्याख्या गरिएको छ । भोग दिइन्छ । गीत गाइन्छ बाजा बजाइन्छ । नाचिन्छ ।
ओमजयन्ती मङ्गलकालीभद्रकालीकपालिनी
दुर्गा क्षमाशिवधात्री स्वाहस्वधानमस्तुते
या देवी सर्वभूतेष निद्रा रुपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम ?
या देवी सर्वभूतेषु विद्यारुपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम :
या देवी सर्वभूतेषु शक्ति रुर्पण संस्थिता ?
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम :
पुराना पुर्खाले भने नयाँले सुने, भाषाको विकास भएपछि मात्र धेरै पछि यी सिलोक लेखिए ।

यी सिलोकहरु दुर्गा राप्तशतीबाट उद्धृत गरिएका हुन् । दुर्गाका नाम एउटा होइन शप्तशती (सातसय) उल्लिखित छन् । दशैंमा सात सय (राप्तशती) वाचन गर्ने गरिन्छ । मानवजातिले शक्ति प्राप्तिका लागि पुष्टकारी खान्छ । माछा खान्छ, मासु खान्छ, आप्mनो भुँडी भर्न देवदेवीको नाम पारेर देवीलाई सन्तुष्ट पार्न भनी पशुवली दिन्छ रगत जान्छ, माटो र ढुङ्गामा मासु जान्छ मान्छेको नाकमुनिको ओडारमा ।
त्यति मात्र होइन देवीलाई जाँड रक्सी पनि भोग दिइन्छ । यसो भन्नु अर्थ हो । ल भन्नुस् ! मेरा प्रियमित्र ! चण्डी पूजा भव्य रुपमा सबै भन्दा बढी कसले मनाउने गर्छन् कसले मनाउँछ ? प्रष्टै छ जनजातिले थुमथपनामा बढी बलि चढाउँछन् ।
देवी देवतालाई बलिभोग सबैभन्दा बढी कसले दिन्छ ? आफूले जे खान्छ, देवी
देवतालाई भोग पनित्यहीँ दिन्छ । यसमा अन्यथा मान्नु पर्दैन ।
अनि आजकल अर्को हल्लालै पनि दमाहा बजाइरहेको छ । मासु खानु हुँदैन । मासु खाएर केही फाइदा छैन । यदियसो हो भने कुखुरा, हाँस, लौकाट, बाख्रो, बुँगुर, सुंगुर, राँगाभैंसी, बँदेल, कालिज किन पाल्ने ? त्यो दुःख किन गर्ने ?
व्यवसायिक दृष्टिकोणले पनि यस्तो अपप्रचार गर्न सुहाउन्न ।
सारत : दशैं महान् पर्व हो । नेपालको मौलिकपर्व हो । गच्छे अनुसार मनाऔं, खाऔं, पिऔं, रमाऔं । हाम्रै तालतलैयामा उत्पत्ति भएको प्राकृतिकधानलाई कसले लिनेदन गरेर वा अटोमेटिकली क्रस पोलिनेसन भएर नयाँनयाँ धानको लुम्बिनी सभ्यता, इ.पू. ५६३ वर्ष पहिलेको वोलियन सभ्यत इ.पू. ६००० वर्ष पहिलेको सिन्धुघाटीको सभ्यता मिथिला सभ्यता तपाईं हामीले थोर बहुत सुनेका छौं । यसरी नै अपर मुस्ताङको गुफामा सभ्यताले के देखिन्छ सभ्यता त्यहाँ त्यहाँ हुन्छ ? अर्थात् जहाँ जहाँ बस्ती हुन्छ । घर सभ्यता पनि सुनेका छौं । बेवेलियन लगायतका कलात्मकती मस्जिद र चिहान तत्कालीन सभ्यताका नमुना हुन् । तिनलाई उत्खनन गरेर हेर्दा मानव लाशलाई राम्ररी ढुङ्गा विच्छ्याएर सुताइएको हुन्छ उसले जीवन जे जे खान्थ्यो जे लाउँथ्यो ती कुरा त्यहाँ राखिएका वा पाइएका छन् । राजा फारोहको चिहान तत्कालीन मानव सभ्यताको विषय वस्तु हुन सक्छ । यो वेबोलियन सभ्यता हो । सिन्धुघारीको सभ्यतामा र अजन्ताका गुफाका तत्कालीन वनवासी सिकारी मान्छेले सिकारमा निस्कनु पहिले गुफाघरका भित्तामा धुनकाणले तारो हानेर हरिण, चित्तल आदि मारेको चित्र देखाइएको छ । यसले त्यो वनवासी युगको सिकार कला र यसरी हाम्रै लुम्बिनी सभ्यता वा भिन्न स्थानमाउ त्खनन् गर्दा शान्तध्यानासीन बुद्धलाई मेटिन्छ त्यसरी नै अवलोकेश्वर पद्मपाणि मत्स्येन्द्रले एउटा हातमा कुमल र अर्को हातले शुभशीर्वाद दिँदै गरेको मुद्रा स्थिति देखिन्छ । यसरी नै मध्यकालमाखश साम्राज्यको राजधानी ११५० मानागराजजवेश्वरले जुम्लामा राजधानी बनाएपछि सुर्खेतको काँक्रेविहार र जुम्ला क्षेत्रमा ५० भन्दा बढी बौद्ध गुम्बा र विहार निर्माण गरेका रहेछन् भन्ने कुरा देखिन्छ । यस क्षेत्रको संस्कृति बुद्ध संस्कृति समन्वयकारी संस्कृति रहेको ज्ञात हुन्छ । बुद्धि संस्कृति शान्ति रहेको देखाउँछ । यो कर्णाली सभ्यता हो, जहाँ नेपाली भाषाको उत्पत्ति र विकास भयो ।
सन् १४६१ मा खश साम्राज्य विधिवत् विघटन भएपछि राप्ती नदी पश्चिम २२ राज्य (बाइसे) र पूर्वपट्टी २४ चौबिसे राज्य बने । माडी पूर्व २४ राज्य भए र चौबिसे कालमा पाल्पा राज्यमा सेनहरुको राज्य सत्ता चल्यो । उनीहरु हिन्दु धर्मप्रति आस्थावान् भएकाले पाल्पा भैरव मन्दिर, हृषिकेश मन्दिर मन्दिर, रिडी, प्रभास विालय प्रभास, वंशगोपाल मन्दिर प्रभास तानसेन बटुक भैरव मन्दिर, रिडी तानसेन निर्माण गरे गराए । सेनहरुको आगमन पछि नै पाल्पा राज्यमा मन्दिर स्थापनाका साथै वर्ण व्यवस्था पनि लागु भएको देखिन्छ । राज्यमा वर्ण व्यवस्था लागु भएको देखिन्छ । सेनहरु राज्यविस्तारका क्रममामकवानपुर, हेटौडा, सिन्धुलीगढी, उदयपुर (चौदण्डी) धरान (विजयपुर) र तेह्रथुम आठराई सम्म सेन सभ्यता विस्तारित भयो ।
भाषा संस्कृति पनि क्रमशःविस्तारित भया । त्यसरी नै वि.सं. १८०४–१९०६ मा रेसुङ्गाका महाप्रभु सन्त शशिधर जोसमनी सन्त स्वामी शशिधरले वर्ण व्यवस्थाका विरुद्ध जातीय समानता, लैङ्गिक समानताको विरुद्ध समानताको झण्डा फहराउने कुरामा दार्जिलिङसम्म गराए । दिङलाका ज्ञान दिलदास, गोरखाकाल खन थापा, दार्जिलिङ्गका उदयकामी, (साधु कामी) जस्ता दशौं हजार मान्छेहरुलाई अभियन्ताका रुपमा खटाए । राजा रणबहादुर शाहले गुरुपञ्जा ग्रहण गरेर काठमाडौं त्रिपुरेश्वरमा जगन्नाथको मन्दिर निर्माण गर्न लगाई त्यहाँ सर्वजातीय सहभोजन गराएर नयाँ सामाजिक संस्कृतिको सुरुवात गरे । यसो गरे वापत कट्टर पन्थी र पदलोलुप भारदारहरु गिरोहले दामोदर पाँडेको नेतृत्वमा राजा रणबहादुर शाहउर्फ निर्वानान्दमहा निर्वाणानन्दलाई राजगद्दी च्युत गरी देश निकाला समेत गरे । काजी धौकलसिह बस्न्यात र फुल जर्नेल रणजीर थापा पनि सन्तमतका अनुयायी बनेको पाइन्छ । यो समन्वयकारी संस्कृति थियो ।

के पो बिग्रन्थ्यो र ? कताकता मुलुक धर्मका कुरा उठाएर फस्ने पो हो कि भन्ने डर छ । आफुलाई कट्ट धर्मवादीको रुपमा प्रस्तुत गर्नेले धर्म र संस्कृति एउटै हो भने व्याख्या गरेको सुनिन्छ, देखिन्छ पाइन्छ भने आफूलाई ठूला नेता भन्नेहरुले होलि वाइन महोत्सव गरेर जात्रा देखाएका छन् । जात्र देखाउनुको पनि अर्थ छैन । धर्म भनेकै संस्कृति हो भन्नेको पनिकुनै तुक छैन ।
किनकि शैव युग वनवासी युग हो । शिकारी युुगमा नाङ्गैबुङ्गै हिँड्ने मान्छेहरुले प्रविधि र सीप ज्ञानको प्रवद्र्धन पछि तरहतरहका कपडा बनाएर लाउन जाने । तर धेरै पछि मात्रजानेका हुन् । लौ हाम्रा पुर्खा नाङ्गै बुङ्गै हिँड्थे, गुफामा बस्थे, दाह्री जुँगा पनि काट्दैनथ्ये भनेर नाङ्गैबुङ्गै र भुत्लुङ्ग दाह्री जुँगा र लट्टा पालेर हिँड्न अहिले सुहाउँदैन । बनबासी युगको संस्कृति तेइसौंं शताब्दीको सभ्य युगमा किमार्थ शोभनीय हुँदैन । अहिले त्यसो गर्नु भनेको विकृति हो, असभ्यता हो । त्यो बेलामा कपडा थिएन, त्यो बेलामा छुरा, बिलेड र कैंची थिएन । त्यसैले ऋषिमुनि मानिसहरुले दाह्री जुंगा पाले, लट्टा पाले । अहिले पनि भित्र खोको बाहिर बोक्रो भएका केही मान्छेहरु यद्यपि आफूलाई ऋषिमुनि भएको बडप्पन देखाउन दाही जुँगा र लट्टा पाल्ने गर्दछन् । यो संस्कृति होइन यो त धर्म र संस्कृतिको नाममा उम्रिएको ऐजरु हुन् । विकृति हो । उदाहरणार्थ पशुपतिमा दर्शनार्थ जमघट हुने नाङ्गेबुङ्गे जोगीबाबाहरु हिन्दु धर्मको वा संस्कृतिको नाममा नाङ्गैबुङ्गे जोगीबाबालाई स्थान दिइएको पाइन्छ । तर आजको संस्कृति नाङ्गैबुङ्गै हिँड्नु वालिङ्गमा कुलुप ठोकेर हिँड्नु किमार्थ होइन । यो त संस्कृति हो । वस्त्रविहीन त्यो बेला यसले हुनु स्वाभाविक थियो । फेरि ऊ बेलामा नवजाति जाडोबाट जोगिन वा शरीर तताउने हिमाली गाँजाभाङ खाए भन्दैमा गाँजाभाङ अहिले पनि त्यो खानुपर्छ भन्ने औचित्यपूर्ण हुन सक्दैन । औषधिको रुपमा त प्रयोग गर्नु, निकासी गरी डलर पौण्ड, युरो भित्र्याउनु आजको आवश्यकता हो । अबको संस्कृति यस्तो हुनप¥यो । होइन र ? सारतः धर्म र संस्कृति फरक कुरा हुन् । धर्म र संस्कृतिको भेद बारे संक्षेपमा छलफल गरौं । देहाय बमोजिम
१) धर्म जड हुन्छ, अगतिशील हुन्छ, परिवर्तनको विरोध गर्दछ । छोरीलाई शिक्षा दिनु हुँदैन भनेर पहिले सिलोक भटाइन्थ्यो । पति मरेपछि श्रीमतीलाई सती पाइन्थ्यो ।
२) धर्म विभेदकारी हुन्छ लैङ्गिक विभेद र जातीय विभेद नीति धर्म जडतामा बाँचेको हुन्छ । यो विकृति थियो ।
३) धर्म परम्परावादी औतारवादी अहङकारवादी हुन्छ ।
४) धर्म अज्ञानता उपज हो । प्रकृतिमा हुने फेरबदल घटना परिघटना उद्घाटित हुन नसक्दा त्यही अज्ञानता र भयका कारण जन्मेको सन्तान हो ।
५) धर्म कट्टर र सङ्कीर्ण देखिन्छ ।
६) धर्म परम्परागत रुपमा चलिआएको हुँदा असान्दर्भिक र असामाजिक समेत हुँदै जान्छ । जस्तो सती प्रथा गरुड पुराण, छाउपडी आदि । देवताले कुनै कुराको सिर्जना गर्दैन । यो केवल मानवीय कल्पना र विश्वासमा टिकेको हुन्छ । विश्वास टुट्नासाथ यसको अन्त्य हुन्छ । धर्मको मृत्यु हुन्छ ।
७) हिन्दु धर्म मुन्धुम धर्म बौद्ध धर्म र शाक्त धर्मको प्रभाव र समन्वय नेपाली समाजमा छ । बौद्ध धर्म यीमध्ये सब भन्दा उदार र वैज्ञानिक छ । नाथधर्म सम्प्रदाय र रेसुङ्गा जोसमनिमतले हाम्रो समाजलाई राम्ररी प्रभावित पारेको छ । मत्स्येन्द्रनाथ÷अवलोकेश्वर र शैव संस्कृतिको मिलन संस्कृति पशुपतिधाम र रातो+सेतो मत्स्येन्द्रनाथ जात्रा हो ।
१) संस्कृति परिवर्तनशील हुन्छ । उत्पादन पद्धति र निर्माण पद्धतिको फेरबदलले युगको परिवर्तन हुन्छ । शिकारी युगको संस्कृतिभन्दा दास युगको संस्कृति फरक हुन्छ । दास युगको संस्कृतिभन्दा सामन्तवादी युगको सांस्कृतिक चरित्र फरक हुन्छ । सामन्तवादी संस्कृतिभन्दापूँजीवादी युगको संस्कृति र पूँजीवादी युगको संस्कृतिभन्दा समाजवादी युगको संस्कृतिमा गुणात्मक फरक हुन्छ ।
२) धर्म वर्ण व्यवस्था र लिङ्गविभेदको अवस्थामा बाँच्दछ र नाँच्दछ । संस्कृति समन्वयकारी, मेलमिलापकारी र सबैको हितैषी हुन्छ । यसले अग्रगमनलाई जोड दिन्छ । बौद्ध संस्कृति र नर+यान नारायण संस्कृतिको मिलन मुक्तिनाथ धाम हो ।
३) संस्कृति परिवर्तनशील हुन्छ । अन्य संस्कृतिका राम्रा पक्षलाई ग्रहण गर्ने क्षमता राख्दछ । जस्ता मोबाइल, रेडियो, रेलमोटर भन्न र प्रयोग गर्न रुचाउने धर्माधिकारीहरु मम्मीडेडी भनेको आपत्ति जनाउँछन् ।
४) संस्कृति ज्ञान, विज्ञान र प्रविधिले आविष्कार गरेको उत्पादन पद्धति औजार, मलबीउ सीप विधिप्रविधिको अभिव्यक्ति हो । जस्तो बालीगीत (असारे गीत, साउने सङ्क्रान्ति पर्व) दाइँ पर्व गीतपर्व आदि ।
५) संस्कृति उदार दिलदार हुन्छ, जसले ज्ञान सीप प्रविधि जो कोहीबाट पनि सिक्न पछि हट्दैन ।
७) संस्कृति केही सिकेको कुरा हो । केही निर्माण हुँदै जान्छ । संस्कृतिको निर्माता मान्छे हो । त्यसैले मानवरहित महादेश अन्टाकिटिकामा आदिमा संस्कृति छैन । त्यहाँ केवल प्रवृत्ति छ । मान्छेले मठमन्दिर, मस्जिद, गुम्हाविहार, गुरुद्वारा, मन्दिरभित्र राख्ने विभिन्न मूर्तिको निर्माण गर्दछ । मानव जाति अर्थात् सिल्पकार मूर्तिको निर्माता हो । तर त्यही कालीगढ सिल्पकारलाई धर्मले मन्दिरमा राखेपछि त्यही मूर्तिलाई छुनसम्म पनि दिँदैन । मूर्तिको न्वारन (नामकरण ल्बmष्लन०पनि मान्छेले गरेको हुन्छ । मूर्तिमा देवत्व चढाउन मान्छेले प्राणप्रतिष्ठा गरेको हुन्छ ।
८) संस्कृतिपुर्खादेखि सन्ततिमा हस्तान्तरण हुँदै जान्छ । विश्वका कुनै समुदायले नयाँ चालचलन सुरुवात गर्यो भने ग्रहण गर्न सक्छ । जस्ता ज्बउउथ द्यष्चतजमबथ पर्व अहिले नेपालमा पनि ग्रहणीय भएको छ । यो ग्रहण गर्नुको अर्थ क्रिश्चियन भएको भने होइन ।
त्यसरी नै रुसीपोतृ दासले वैदिक धर्म, संस्कार संस्कृतिको प्रचार गरेको देखिन्छ । अमेरिकामा समेत हरे राम हरे कृष्ण भनेर क्रिश्चियन अमेरिकनले भजनकीर्तन गरेको पाइन्छ । उनीहरुले सांस्कृतिक रुपमा भजन गाउने चलन छ । तर उनीहरु हिन्दु भएका होइन । अहिले तराईको मिथिला संस्कृति छठ पर्व काठमाडौं र पहाडतिर चढेको छ । हिमाली विभिन्न जातिले मनाउने पर्वहरुमध्ये लोछार पर्व (नववर्ष) पहाड र तराईतिर झरेको छ ।
श्रावणी साउने सङ्क्रान्ति पछि हिउँद लाग्छ भन्ने नेपाली मान्यता छ । सूर्य उत्तरायनबाट दक्षिण लाग्ने श्रावण सङ्क्रान्ति (कर्कट संक्रान्तिलाई ठूलो चाडका रुपमा धुमधामले मनाइन्छ ।
यस्तै माघे सङ्क्रान्ति (मकर) सङ्क्रान्तिदेखि सूर्य उत्तरायन लाग्दछन् । दिन छोटाछोटा र रात लामो हुन थाल्छ । क्रमशःन्यानोको अनुभूति पनि उत्तरी क्रमशः उत्तर गोलाद्र्धमा रहेको हाम्रो देशमा न्यानो र दिन लामो हुन थाल्छ । यी पर्वहरु निर्माण हुन ऋतु परिवर्तनले महत्वपूर्ण भूमिक खेलेका छन् ।
निष्कर्ष र सुझाव
चाडपर्व जात्रा उत्सव संस्कृतिको निर्माणमा उत्पादन पद्धति, ऋतु, परिवर्तन विजय परायजय, योगवियोग, हर्षविस्मात, खुसियाली र शोकले महत्वपूर्ण भूमिका खेल्दा रहेछन् र खेल्छन् भन्ने कुरा माथि गरिएको छलफलले पुष्टि गरेका छन् । नेपाल प्राचीन देश हो । यसको इतिहास लामो छ । त्यसैले संस्कृतिको बहुदलता र विविधिता छ । कर्तृपुर (कुमाऊँ) केदारखण्डदेखि काम रुपमा आसामसम्म विस्तृत रुपमा फैलिएको हाम्रो देश नेपालमा बहुजाति, बहुभाषा, बहुसंस्कृति छन् । सर्वविदितै छ । संस्कृतियुग सापेक्ष हुने गर्दछ । कुनै जमानामा राम्रा भनिएको चालचलन, पछिल्ला दिनमा नराम्रा मानिन्छन् र परिस्कार गरिन्छन् । दुईवटा श्रीमान्सँग संभोग गरी जन्माएका मान्छेको नाम मैत्रावरुण भएबाट पनि यो पुष्टि हुन्छ । भारतीय उपमहाद्वीपमा ऋषि श्वेतकेतले स्थापना गरेको परगोत्रीय विवाह पद्धति वैज्ञानिक भनिएको छ । यो इतिहास होइन तैपनि तत्कालीन युग सापक्ष ऋषि श्वेततुले बनाएको वैवाहिक पद्धति वैज्ञानिक मानिन्छ । श्वेतकेतु भन्दा परेलको यसरी नै मर्दका दशावटी श्रीमती संस्कृतिको अब मिति सकिएछ । यो निकै पठनीय छ । भन्नै आहनै बनेको थियो । दिदीबहिनी र दाजुभाइको बीचमा विवाह हुन्थ्यो भनेर सुन्दा हाम्रो आङ सिरिङ्ग हुन्छ । अहिले दाजुभाइसँग नगरी परगोत्रमा अलि टाढा हुनथालेपछि तीज र तिहार पर्व जस्ता पर्व उत्पत्ति भएको देखिन्छ । दिदीबहिनी र दाजुभाइको पवित्रनाता सम्बन्धलाई कायम हुने गरी सगोत्रीय विवाह प्रथाका विरुद्धमा श्वेतकेतुले विरोध गरेको देखिन्छ । नाता सम्बन्धलाई पुननवीकरण गर्न तिज र तिहार पर्वको सुरुवात भएको देखिन्छ । सगोत्रीय विवाह प्रणालीबारे अमेरिकी समाजशास्त्री लुइस हेनरी मोर्गनले विभिन्न मोडेलका विवाह पद्धतिको विश्लेषण गर्ने क्रममा सगोत्रीय विवाह विस्तृत विश्लेषण गरी ग्रन्थ प्रकाशन गरेका छन् । फूलहरु फुल्ने यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई आप्mनो घरमा डाकेर पञ्चरङ्गी, सप्तरङ्गी टीका लगाई जातजातका फलफूल खाने खुवाउने अनि देउसीभैली खेलेर रमाइलो गर्ने यो प्रचलन हाम्रो आविस्मरणीय चाड बनेको छ । परगोत्रीय विवाह पद्धतिको थालनी भएपछि तिजपर्व र तिहार पर्व थालनी भएको हो भन्दा अन्यतर्क गर्ने ठाउँ छैन होला ।

यसरी नै उत्पादनमा सहयोग गर्ने गोरु दुधवा बाच्छा बाच्छी र गोबर गहुँत दिने गाई समेतको पूजा गरिन्छ । नूनपीठो खान दिइन्छ । टीका लगाएर सम्मान गरिन्छ । कुकुर मानव जाति वनवासी हुँदा नै मानव आश्रममा आएको हो । यसले मानवजातिको रखवारी गर्छ गुणी प्राणीको पूजा आरधना गर्नु मानव जातिको विशेषता रहिआएको छ । यो नेपाली संस्कार र संस्कृति हो ।

काग– काका गर्दै काग बिहानै घर आँगनमा आउँछ । फोहर जुठयान खाएर सफा गर्छ । गुण प्राणीको पूजा गर्नु नराम्रो कसले भन्न सकेको छ । जहाँ गोवर त्यहाँ दोवर भन्ने उखान छ । यसको अर्थ हो । गोवरले अन्नबाली धेरै उत्पादन हुन्छ । प्रमुख रुपमा कृषिमा निर्भर हाम्रो देशमा किसानहरुका लागि गोवरको महत्व हिजो पनि थियो आज पनि छ भोलि पनि हुनेछ । गोवरले जमिनको उर्वराशक्तिको दोहन गर्दैन तर रासायनिक मलले जमिनको उत्पादन शक्ति दोहन गरेर उत्पादन बढाउँछ । माटो बिगार्देन, बरु अति राम्रो फुरफुर हलुङ्गो बनाउँछ । यही कुरालाई मध्यनजर गरी धर्मशास्त्रहरुमा कृष्णले गोवद्र्धन पर्वत निर्माण गरेको जस्ता कथा लेखिएका छन् । गोवर मानव जातिका लागि आवश्यकतत्व हो । त्यसैले गोवरको पर्वतकार संरचना बनाएर पूजा गरिन्छ ।
दाइभाइको पूजा, गाईगोरुको पूजा, कुकुरको पूजा, कागको पूजा प्राणीसँग मानवजातिको अन्तरङ्ग सम्बन्ध र वातावरण संरक्षणसित समेत सम्बन्ध राख्दछ । यीमानवर प्रकृतिपशु पंक्षीप्रकृतिसितको प्रतिनिधि चाडवाड पर्व संस्कृति हुन् होइन र यति महत्वपूर्ण संस्कृतिलाई परम्परागत सामन्ती पर्व भन्नु आप्mनो इतिहास, प्रकृतिसितको सम्बन्ध, उत्पादन पद्धतिबारेमा फिटिक्कै नबुझ्नु हो । हो, कतिपय परम्परा खराब छन्, कुनै जमानामा सामयिक थिए होलान्, तर आजका मानव समाजको चेतनाको सापेक्षतामा असान्दर्भिक, असामायिक हुन् सक्छन् । असल परम्परालाई ग्रहण गर्नु, त्यस्ता परम्परालाई परिष्कृत गर्नु र आजको समाज सुहाउँदो युग अनुकूल चलनचल्ती निर्माण गर्नु मानव जातिको दायित्व हो । संस्कृति भनेकै परिस्कृत चालचलन हो, हितकारी चालचलन हो । संस्कार संस्कृतिको नाममा बिरालो बाँधेर श्राद्ध गर्नु विकृति हो, चाडपर्वको नाममा उम्रिएका ऐजेरु हुन् । ती भने संस्कृति होइनन् ।
लेटिन भाषाको कलतुरा (Cultura) शब्द अंग्रेजीमा कल्चर ९ऋगतिगचभ० भएको छ । कल्तुरा (Culture) भनेको कृषि पद्धति हो । कृषि पद्धति भनेको तत्कालीन अवस्थाको उत्पादन पद्धति हो ।
धर्म निर्माण पद्धति उत्पादन पद्धतितिर लाग्दैन । उत्पादनमा निष्क्रिय हुन्छ । धर्मले गफ गर्छ रामपुष्पक विमानमा चढ्थे भनेर गफ दिन्छ । पुष्पक विमान बनाउनतिर लागेको प्रमाण छैन । धर्मले भन्छ स्वान्त सुखाय केको राडी चाडो ?
धर्म औतारवादमा विश्वास गर्छ । तर संस्कृति औतारवादमा विश्वास गर्दैन । अलौकिक संसारको खोजीमा संस्कृति हुँदैन । तर धर्म अलौकिकता र ईश्वरको खोजीमा लागिरहेको हुन्छ ।
धर्ममा जडता र सङकीर्णताको अभिव्यक्ति प्रतिफल पाइन्छ । किन र कसरी भयो भन्ने प्रश्न उठायो भने ऊ रिसाउँछ र भन्छ तँ त नास्तिक भैछस् ।
धर्ममा बेसी कट्टर र कठोर हुँदै गए लोप हुन सक्छ ।
८) संस्कृतिले नयाँ–नयाँ खोज अनुसन्धान गर्नुपर्नेतर्फ जोड दिन्छ । वाष्परेलइन्जिन मात्र होइन, कम्प्युटर युग र आइटी युगसम्म आइसकेको छ । संस्कृति रसिलो हँसिलो पनि हुन्छ, आवश्यकताका कारण नयाँ औजार, विधि विधान र व्यवस्था निर्माण गर्न जोड दिन्छ ।
संस्कृति लौकिक सुखभोग र आवश्यकता परिपूर्तिमा तल्लीन हुन्छ । राजनीतिक व्यवस्था परिवर्तन र संविधान निर्माण नियम कानुन निर्माणमा संस्कृति लागेको हुन्छ । संस्कार निर्माणमा समेत संस्कृतिको हात रहन्छ ।
संस्कृति उत्पादन पद्धति निर्माण पद्धति, ऋतु परिवर्तन र खुसी र शोकको अभिव्यक्ति हो । तानसेन रणउजिरेश्वरी भगवती जात्रा विजय अर्थात् खुशीयालीको पर्व जात्राहो ।
जुनपर्व १८१४–१८१६ माफिरङ्गी अंग्रेजलाई अंग्रेज नेपाल युद्धमा युवक कर्णेल उजिरसिंह थापाको साथमा पाल्पाली जनताको सहभागितामा मुख्य थलो जितगढी र सहाय कथलो माथागढीमा परास्त गरेपछि १८७६ मा रण उजिरेश्वरी भगवती मन्दिर निर्माण भए पछि शुरु गरिएको विजय जात्रा हो ।
धर्म परलोक परमेश्वरको खोजीमा हुन्छ । संस्कृतिलोकको खोजमा हुन्छ । मिर्मीमा काली गण्डकी थुनेर डाइभर्सन गर्नासाथ संस्कृतिले भन्यो । मिर्मी मुनिकाली थुनेको, अन्तै माया लाइछौ कीमायाले साँच्चै हो कि हल्ला सुनेको तानसेनमा बिजुली दाइ, साइला तम्घासमै वस
वाख्खै व्हा सरायँ –मध्यकालीन संस्कृति एउटा रजौटाको पराजय हुँदा जितुवाले मनाउने वाख्खै ह्वाहिपहिप हुर्रे भनेर गरिएको खुसीमं चल हो । संस्कृति आवश्यकता अनुसार समुदाय समाजले विकसित र परिमार्जित गर्न सक्छ । यसो हुनु स्वाभाविक नै हो । कर्णेल उजिरसिंह थापाले सुरु गरेको पर्व हो । रणउजिरेश्वरी भगवती जात्रा अमर नाराययण लगायत तानसेनका सबै जात्राहरु हो ।
दशै, तिहार, तिज, एकादशीहरु, पूर्णिमाहरु, चण्डीपूजा, चण्डी नाचहरु लगायत जात्रा उत्सव नेपाली कुनै न कुनै जातीय समूहले आप्mनो महान् पर्व भनेर मनाउँदै आएका छन् । यसमा आपत्ति जनाउनु पर्दैन, हुँदैन । चाडपर्व संस्कार र संस्कृति नेपालीका पहिचान र गौरव हुन् अन्धविश्वास र रुढिवाद हुन् भने खुर्केर फाल्न सक्छुपर्छ, अन्धविश्वास र रुढीवादको घरजम छन् भने तिनी आलोच्य छन्, अन्यथा सबै स्वीकार्य र शिरोपर्य छन् र हुनुपर्छ । आवश्यक पर्छ भने वैज्ञानिक व्याख्या विश्लेषण र परिष्कृत गरेर सामयिक बनाउन खुवी राख्नुपर्छ ।
यी केही आधारभूत पक्ष हुन् । तर अहिले छैन, त्यस्तो छैन । जन प्रतिनिधि नै छैन । योजना तर्जुमा सुशासन पारदर्शी सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण अनुगमन र मूल्याङ्कन आदि सबै प्रक्रिया पूरा गर्ने औपचारिकता मै सीमित हुन पुगेका छन् । त्यसैले जनताले वास्तविक लोकतन्त्रको अभ्यास र उपभोग गर्न पाइरहेका छैन । गफगाफमा सबै आदर्श परम्पराहरु कायम छन्, स्वरुपमा राम्रो देखिन्छ व्यापारमा छैन ।

सन्दर्भ सामग्री
बानियाँ, कर्ण बहादुर, २०७०, पाल्पाको इतिहास तथा संस्कृति
झपेन्द्र जिसी, गीतु गिरी, रामप्रसाद भट्टराई, बमबहादुर थारु त्था केशव अर्याल, २०७६ सैनामैना दर्पण, सैनामैना नगरपालिका
विश्वनाथ काशीनाथ राजवाडे, अनु गोपिरमण सन् २००९ मानव समाजको ऐतिहासिक भौतिकवादी विश्लेषण
प्रधान सम्पादक, भट्टराई, धु्रवप्रसाद २०७७, हाम्रो परम्परा हाम्रो पहिचान लोकवार्ता परिषद् नेपाल
बानियाँ, कर्ण बहादुर, २०७०, नेपालको इतिहासमा उजिरसिंह थापाको योगदान
पराजुली विश्व कल्याण, दाहाल विष्णु प्रसाद २०६५ समाजशास्त्र तथा मानव शास्त्र वेंच प्रकाशन, काठमाडौं प्mयोदर कोरब्किन
अधिकारी, बमबहादुर २०७४, नेपालको बृहत इतिहासको झलक
चौधरी, शान्ति चौधरी, महेश, २०६४, नेपालको तराई तथा यसका भूमिपुत्रहरु
शर्मा, जनकलाल २०५२, जोसमनी परम्परा र साहित्य साझा प्रकाशन काठमाडौं ।
सांकृत्यान, राहुलमानव समाज ।

Copied: Dainik Lumbini

प्रतिक्रिया दिनुहोस्

Array