नेताहरूको सम्पत्ति राष्ट्रको नाममा गरे निजी विद्यालय राज्यलाई सुम्पिन्छौं : सिलवाल

शिक्षापाटी
शिक्षापाटी १८ पुष २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ — निजी क्षेत्रबाट संचालित विद्यालय पाँच सरकारलाई सुम्पनि तयार रहेको तर त्यसपहिले मुलुकको नेतृत्व गर्ने नेताहरूले एउटा चुनौती स्वीकार गर्नुपर्ने उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले बताएका छन् ।

सरकार र सांसदहरू संविधानले गरेको व्यवस्थाभन्दा बाहिर गएर विद्यालय शिक्षा ऐन, २०८० मा निजी विद्यालयसम्बन्धी कानुनी व्यवस्था राख्न लागिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

कान्तिपुर एजुकेसन समिट- २०८० को पहिलो सत्र ‘उच्च शिक्षा कानुन गर्भमा, विद्यालय शिक्षा विधेयक विवादमा’ सहभागी हुँदै सिलवालले नेताहरूले पहिले आफ्नो सम्पत्ति राष्ट्रको नाममा गर्नुपर्ने बताए । ‘बाहिर भन्दा तपाईंहरूको भूमिका र योगदानको उच्च प्रसंसा भन्ने अनि पाँच वर्षपछि तेरो सम्पत्ति राष्ट्रलाई बुझाउ भन्ने ? मेरो प्रतिप्रश्न, चुनौती नै छ मेरो प्रधानमन्त्रीसँग, त्यति त्यागी हुनुहुन्छ भने उहाँहरूले आफ्नो सम्पत्ति राष्ट्रको नाममा सुम्पिदिने हिम्मत राख्नुस्, हामी निजी क्षेत्रको सबै स्कुल राज्यलाई सुम्पिन तयार छौं ।’

विद्यालय शिक्षा ऐन, २०८० अहिले संघीय संसद्को प्रतिनिधिसभा मातहतको शिक्षा समितिमा छलफलका क्रममा रहेको छ । उक्त विधेयकमा निजी विद्यालयहरू पाँच वर्षपछि गुठीमा जानुपर्ने व्यवस्था राख्नका लागि सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् । जसलाई लिएर निजी क्षेत्रका विद्यालय संचालकहरूले आपत्ति जनाउँदै आएका छन् ।

हिसानका अध्यक्ष सिलवालले कान्तिपुर एजुकेसन समिट- २०८० मा सरकार र सांसदहरूले गर्न शिक्षा विधेयकमा गर्न लागेको उक्त कानुनी व्यवस्था संविधान विपरीत भएको बताए । ‘संविधान विपरीतको ऐन ल्याउने अधिकार कसैलाई छैन । नेपालको तीन खम्बे अर्थनीतिमा सहकारी, नीजि र सरकारी हुने व्यवस्था छ । गुठी अर्थतन्त्र नेपालमा छैन । तीनै खालको सहभागिमा नेपालको अर्थिक समृद्धि गर्ने भन्ने छ,’ उनले भने, ‘नेपालको संविधानले कुनैमा प्रगतिशील कर लगाउन मिल्नेछ भन्ने व्यवस्था गरेको छ । सरकार र सांसदलाई संविधानभन्दा माथी बस्ने अधिकार छैन । संविधानभन्दा माथी किन हुनुभयो ? कम्पनीअन्तर्गत दर्ता भएको संघले सोही अनुसार चल्न पाउनुपर्छ ।’

निजी विद्यालयहरू गैरकानुनी रुपमा नचलाइएको सिलवालको प्रष्टिकरण थियो । उनले लहडको भरमा शिक्षा चलाउन नहुने भन्दै सरकारलाई सचेत गराएका छन् । उनले प्रश्न गरे, ‘नीजि शिक्षालय आइसकेपछि माध्यमिक देखि उच्च शिक्षासम्म नकरात्मक भयो ? गुणस्तरीय शिक्षा दिन सकेनौं कि ? कानुन पालना गरेनौं कि ?’

शिक्षा सेवामुलक वस्तु भएपनि व्यवसाय पनि भएको सिलवालको भनाइ थियो ।

Copied: Kantipur

प्रतिक्रिया दिनुहोस्

Array