पठनपाठन बन्द नगर्ने नीजी विद्यालयका छातासंगठनहरूकाे घाेषणा

शिक्षापाटी
शिक्षापाटी ४ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडाैँ- नीजी विद्यालयहरूकाे छाता संगठन प्याब्सन र हिसानले शिक्षक महासंघले भोलिबाट आव्हान गरेको अनिश्चितकालिन बन्दलाई समर्थन नगर्ने जनाएको छ। दुईवटै संगठनका अध्यक्षले विद्यालय बन्दलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका हुन्।

उनीहरूले केही मागमा समर्थन रहेपनि संविधानसँग विपरीत भएका मागलाई समर्थन गर्न नसकिने भन्दै विद्यालय बन्द नगर्ने बताए।

प्याब्सन अध्यक्ष डिके ढुंगानाले भने, ‘महासंघको आन्दोलनलाई समर्थन गरेका छौँ, तर विद्यालय बन्द गरेर समर्थन गर्न सक्दैनौँ। हामी विद्यालय बन्द गर्ने समर्थन गर्न सक्दैनौँ।’ उनले विद्यालय बन्द गर्नुपरे केन्द्रीय कमिटीको बैठकले मात्र निर्णय गर्ने स्पष्ट पारे।

प्याब्सनको हिजो सम्पन्न सचिवालय बैठकले महासंघले गरेको आन्दोलनको नैतिक समर्थन गरेपनि विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो।

हिसानका अध्यक्ष रमेश सिलवालले बन्दलाई समर्थन गर्न नसकिने बताए । उनले भने,’ संविधानले कक्षा १२ सम्मको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरिसकेको अवस्थामा त्यसको विरुद्धमा निर्णय गर्नु हुँदैन। कित संविधानको अनुसूची परिवर्तन गर्नुपर्यो, होइन भने संविधानमा उल्लेख भएको विषयमा विरोध गर्न पाइँदैन।’

उनले महासंघको केही मागहरू जायज भएपनि विद्यालय बन्द गर्नु उचित नभएको स्पष्ट पारे। महासंघले बन्दको अघिल्लो दिन बिहानदेखि माईतीघर र वानेश्वरमा प्रदर्शन जारी राखेका छन्।

१८ बुँदे असहमति जनाउँदै भोलिबाट अनिश्चितकालिन बन्द आब्हामन गरेको महासंघले देशैभरका शिक्षकलाई काठमाडौं उतारेका हुन्। महासंघले भोलिबाट दैनिक प्रदर्शन गर्ने जनाएको छ।

महासंघका अध्यक्ष कमला तुलाधरले मागको सुनुवाइ नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन फिर्ता नहुने बताइन्।  ‘हामी मन्त्रालयसँग वार्ता गर्दैनौँ, विधेयक परिवर्तन गर्ने हैसियत राख्ने दल, त्यसको संसदीय दलका नेता र प्रधानमन्त्रीसँग मात्र वार्ता गर्नेछौ’ उनले भनिन्।

महासंघको आन्दोलनलाई सबै दलका शिक्षक संघ र संगठनले समर्थन जनाइसकेका छन्। महासंघले बन्द कार्यक्रमलाई सहयोग गर्न प्याब्सन, राष्ट्रिय प्याब्सन, हिसान लगायत संस्थालाई आब्हान गरेको थियाे।

Copied:edusawal

प्रतिक्रिया दिनुहोस्

Array