यी हुन त्रिविका उपकुलपतिका उम्मेदवार [सुुची सहित]

शिक्षापाटी
शिक्षापाटी ९ माघ २०८०, मंगलवार
3 Min Read
Aa

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि दुई महिला सहित ४३ जनाले दर्खास्त दिएका छन् । उनीहरुले बुझाएको कागजको आधारमा ३० नम्बर स्वतः पाउछन भने बाँकी ७० नम्बर अन्तरवार्ता र प्रस्तुतीबाट पाउने छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति छनौट समिति गठन भएको छ । समितिले पुस २३ मा उपकुलपतिको लागि विज्ञापन गरेको थियो । उपकुलपतिको लागि पहिलो पटक यसरी खुला प्रतिष्पर्धा भएको हो ।

दर्खास्त दिनेमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति समेत भइसकेको प्रा. तीर्थ खनिया, खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. लेखनाथ पौडेलले आवेदन दिएका छन् । त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. नन्दबहादुर सिंहले समेत त्रिविको उपकुलपतिमा दर्खास्त दिएका छन् । पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. केसर जङ्ग बरालले पनि उपकुलपतिमा आवेदन दिएका छन् । त्रिविका पूर्व र बहालवाला पदाधिकारी पनि उपकुलपतिको  प्रतिस्पर्धामा उत्रिएका छन् । कार्यवाहक उपकुलपति प्रा. शिवलाल भुसाल, मानविकी संकायकी डीन प्रा. कुसुम शाक्य, पूर्व रजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेल, इन्जिनियरिङका पूर्व डीन त्रिरत्न बज्राचार्यले पनि त्रिवि उपकुलपतिको लागि आवेदन दिएका छन् । 

उपकुलपतिको लागि आवेदन दिनेको सुची 

  • प्रा. डा शिवलाल भुसाल
  • गुणनिधि न्यौपाने
  • संगीता रायमाझी
  • प्रा.डा कुशुम शाक्य
  • सञ्जय आचार्य
  • प्रा.डा टंकनाथ धमला
  • प्रा.डा आनन्द बल्लभ जोशी
  • प्रा.डा अक्कल देव मिश्र
  • प्रा. डा ऋदिश कुमार पोखरेल
  • नारायण प्रसाद बेल्बासे
  •  प्रा. डा चन्द्र मणि पौडेल
  •  प्रा. डा ज्ञानेन्द्रप्रसाद पौड्याल
  •  प्रा. डा  लेखनाथ शर्मा
  • डा. विनय कुमार झा
  • डा. सुभ नारायण पाठक
  •  प्रा. डा महानन्द चालिसे
  • सूर्यबहादुर थापा
  • प्रा.डा वेदनाथ शर्मा
  • प्रा. डा नारायण प्रसाद बेल्बासे
  • प्रा.डा हेमराज पन्त
  • डा. भोजराज अर्याल
  • प्रा.डा नन्द बहादुर सिंह
  • प्रा. डा प्रकाश घिमिरे
  • भिमसेन देबकोटा
  • प्रा. डा प्रकाश घिमिरे
  •  डा. रामचन्द्र बस्नेत
  • प्रा.डा. एकराज ओझा
  • प्रा. डा.तीर्थ राज खनिया
  • प्रा. डा. केदार नाथ घिमिरे
  • प्रा. डा. महेन्द्र प्रसाद शर्मा
  • प्रा. डा. विनोद पराजुली
  • प्रा. डा. देवबहादुर खड्का
  • प्रा. डा. कृष्ण राज तिवारी
  • प्रा. डा.केशर जङ्ग बराल
  • प्रा.डा. गोविन्द सुबेदी
  • प्रा.डा. राजकुमार पोखरेल
  •  प्रा. डा. नबराज देवकोटा
  • बालमुकुन्द रेग्मी
  •  प्रा.डा. राम प्रसाद रेग्मी
  • प्रा. डा. चित्र बहादुर बुढाथोकी
  • प्रा.डा. इन्द्र बहादुर कार्की
  • प्रा.डा. त्रिरत्न बज्राचार्य
  • प्रा. डा. प्रमोद कुमार झा
  •  Copied : Edukhabar

प्रतिक्रिया दिनुहोस्

Array